गणेश राईले पार्टी उम्मेदवार, कार्यकर्ता र नागरिकहरूप्रति कृतज्ञता व्यक्त गरे
गणेश राईले पार्टी उम्मेदवार, कार्यकर्ता र नागरिकहरूप्रति कृतज्ञता व्यक्त गरे


गान्तोक, 30 अप्रेल (हि.स.)। सिटिजन एक्सन पार्टी सिक्किमका प्रमुख समन्वयक गणेश कुमार राई लगायत पार्टीका वरिष्ठ नेताहरूले हालैमा सम्पन्न भएको चुनाउमा अटल समर्थनको निम्ति पार्टी उम्मेदवार, कार्यकर्ता र नागरिकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। राईले आज पहिलो दिन तुमिन लिंगी निर्वाचन क्षेत्रको भ्रमण गरि उम्मेदवार ग्याल्पो भोटिया लगायत पार्टी पदाधिकारीहरू र स्थानीय नागरकिहरूसॅंग सामदोङस्थित उनको निवासमा भेट गरे।

सिटिजन एक्सन पार्टीले आज जारी एक प्रेस विज्ञप्तिमा भनेको छ, गणेश कुमार राईको यात्रा सामूहिक कार्य र सहकार्यको भावनालाई प्रतिध्वनि गर्ने पार्टी एकता, समावेशीता र प्रगतिको प्रतिवद्धताको प्रतीक हो। राईले कृतज्ञता व्यक्त गर्दै इमानदारी, पारदर्शिता र दृढ संकल्पका साथ सिक्किमका जनताको सेवा गर्ने पार्टीको समर्पण दोहोऱ्याएको बताइएको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande