आगलागीमा दुई दाज्यु-भाइको मृत्यु
आगलागीमा दुई दाज्यु-भाइको मृत्यु


कामरूप (असम), 30 अप्रेल (हि.स.)। कामरूप जिल्लाको गरैमारीस्थित जहिरपुरमा आगोले डढ़ेर दुई दाज्यु-भाइको मृत्यु भयो। जानकारी अनुसार मृतकहरूको घरमा गए अबेर राती लगभग 2 बजे अचानक आगलागी भयो। मृत युवकद्वयको पहिचान साजन अली (20) र समेज अली (22)- को रूपमा भएको छ। मृतकहरूकी आमा अंजुवारा बेगम डढ़ेर गम्भीर रूपमा घाइते भएकी छन्। स्थानीय मानिसहरूले शर्ट सर्टिटको कारणले आगलागी भएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

उक्त पीड़ादायक घटना जहिरपुर गाउँका बहादुर अलीको घरमा भएको हो। घण्टौंको संघर्षपछि अग्निशमन विभागले आगोलाई नियन्त्रण गऱ्यो। गरैमारी पुलिसले घटनास्थलमा पुगेर दुवै युवकको शवलाई उद्धार गरी पोस्टमर्टम गर्न जीएमसीएचमा पठाएको छ। घाइते अंजुवारा बेगमलाई अस्पतालमा भर्ती गरिएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande