नकली शिवसेनाले राम मन्दिर स्थापित गर्ने निमन्त्रण अस्वीकार गरेको थियो- पीएम मोदी
नकली शिवसेनाले राम मन्दिर स्थापित गर्ने निमन्त्रण अस्वीकार गरेको थियो- पीएम मोदी


मुम्बई, 30 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार धाराशिव जिल्लामा नकली शिवसेनाले राम मन्दिर स्थापित गर्ने निमन्त्रणा अस्वीकार गरेको भनेका छऩ्। उनी अनुसार, राम मन्दिर निर्माण कार्यमा धेरै बाधाहरू पुऱ्याइयो तर भव्य राम मन्दिरको निर्माण भएको छ। आज पूरा संसारका रामभक्त अय़ोध्या गइऱहेका छन्। कांग्रेस पार्टीले विरासत कर लगाएर नानीहरूको अधिकार खोस्न चाहन्छ।

भाजपाका वरिष्ठ नेता मोदीले आज धाराशिव जिल्लामा भाजपा नेतृत्व एनडीए गठबन्धनको उम्मेदवार अर्चना पाटीलको समर्थनमा आय़ोजित प्रचार सभालाई सम्बोधित गरिरहेका थिए। उनले भने, कांग्रेस पार्टीको तपाईको मेहनतको कमाईमाथि नजर छ। हरेक आमा-बाबूले आफ्नो सन्तानको एक-एक रूपियाँ बचाउने प्रयास गर्छन्। उनीहरूको मेहनतको कमाई नानीहरूले पाओस् भन्ने उनीहरूको प्रय़ास हुन्छ। कांग्रेसले विरासत कर लगाउनुपर्छ भन्ने सोचेको छ र फेरि नानीहरूले मंगलसूत्रपनि पाउनेछैनन्।

कांग्रेस मंगलसूत्र, महिलाहरूको गहना चोर्न आतुर छ। तपाईले 10 वर्षअघिको समय देखेका थिए। आतङ्कवादीले पहिले हमला गर्थे र भाग्थे। कांग्रेस सरकार रोइरहन्थ्यो। जुन सरकार आफै कमजोर छ, उसले देशलाई कसरी शक्तिशाली बनाउनसक्छ। यी दश वर्षमा आतङ्कीहरूको उन्मूलन गरिएको छ। अब संसारले भारतलाई चन्द्रयानको कारण चिन्न थालेको छ। जहाँ कोही गएन, त्यहाँ हामी गयौं। देशले विज्ञान क्षेत्रमा नयाँ उपलब्धी हासिल गरेको छ।

उनले भऩे, कांग्रेस सरकारले भारतलाई शिखरसम्म पुऱ्याउन सकेन। कांग्रेसको एक पहिचान विश्वासघात छ। कांग्रेस 60 वर्षसम्म सत्तामा रह्यो तर मराठवाड़ालाई पानी दिएन। उसले तपाईको पानी रोक्यो। मोदीले पानीको समस्या थातीमा राख्दैन, त्यसको सामना गर्छ। मोदीको मिशन हरेक घऱसम्म पानी पुऱ्याउनु हो, खेत-बारीसम्म पानी पुऱ्याउनु हो। पानीको निम्ति मोदी सरकारले 10 वर्षमा जे गऱ्यो, कांग्रेसले त्यो साठी वर्षमा गर्नसकेन। 75 लाख मानिसलाई पाँच वर्षभित्र पानी दिइयो। विपक्षले ममाथि ठूलो आरोप लगाउँदै मलाई गाली गरिरहेछ। भन्छ, मोदी आए लोकतन्त्र समाप्त हुनेछ, संविधान बदलिनेछ। झूठो बोल्ने आवश्यकता किन ? यिनीहरूसित बोल्नलाई केही बाकी छैन, यसैले झूठो प्रचार गरिरहेका छऩ्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande