राष्ट्रपतिले 01 मईमा रामललाको दर्शन गर्ने
राष्ट्रपतिले 01 मईमा रामललाको दर्शन गर्ने


अयोध्या, 30 अप्रेल (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मू 01 मईमा अयोध्या यात्रामा रहनेछिन्। यस अवधि श्री राम जन्मभूमि मन्दिरमा रामललाको दर्शन गर्नेछिन् औं हनुमानगढ़ी पनि जानेछिन्। साझँ सरयू आरतीमा पनि सामेल हुनसक्छिन्।

राष्ट्रपतिको प्रस्तावित दर्शन-पूजन कार्यक्रमलाई लिएर पुलिस प्रशासन अलर्ट मोडमा आएको छ। सुरक्षाका साथै व्यवस्थाहरूको निरीक्षण र समीक्षा गरिन्दैछ। यसैलाई लिएर पुलिस महानिरीक्षक प्रवीण कुमार, जिल्लाधिकारी नितीश कुमार, वरिष्ठ पुलिस अधीक्षक राजकरन नय्यरले संयुक्त रूपमा अयोध्याको हनुमानगढी, रेलवे स्टेशन, राम पथ, नया घाट आदि विभिन्न स्थानहरूको भ्रमण गरी त्यहाँको जायजा लिएका छऩ्। निरीक्षणमा अधिकारीहरूले सुरक्षा र व्यवस्था हेरे। रामजन्मभूमि र हनुमानगढ़ी समेत अन्य महत्वपूर्ण स्थलहरूमा दर्शन पूजन, स्नानमा श्रद्धालुहरूलाई सुरक्षा तथा सुविधाको निम्ति आवश्यक सुझाउ दिइएको छ।

जिल्लाका वरिष्ठ अधिकारीहरू अनुसार, राष्ट्रपति मुर्मू एक विशेष विमानमा 01 मई साझँ लगभग 4 बजी अयोध्या पुग्ने अनुमान छ। यसपछि उनलाई वीआईपी गेट हुँदै मन्दिर परिसरसम्म लगिनेछ। श्री राम जन्मभूमि मन्दिरमा उनको स्वागतको निम्ति ट्रस्ट महासचिव चम्पत राय, ट्रस्टी डा. अनिल मिश्रा, राज्यपाल आनन्दीबेन पटेल र मुख्यमन्त्री योगी आदित्यनाथ उपस्थित रहने अनुमान छ। कार्यक्रमलाई लिएर लखनऊ-अयोध्या-गोरखपुर राष्ट्रिय राजमार्ग र अयोध्या हवाई अड्डालाई राम पथसित जोड्ने मार्गमा ट्राफिक डायवर्जन गरिनेछ।

ट्रस्टी डा. अनिल मिश्राले भऩे, अहिले राष्ट्रपतिको विस्तृत कार्यक्रम आएको छैन तर हामी 01 मईमा उनको स्वागतको तयारी गरिरहेका छौं। मन्दिरमा यस समय आम भक्तहरूले पनि मन्दिरमा दर्शन-पूजन उसैगरी गरिरहनेछऩ्।

हिन्दुस्थान समाचार /भवानी


 rajesh pande