राजगढ़ः दुई दिनपूर्व बेपत्ता भएका बालकको कुवामा शव भेटियो, जाँच शुरू
राजगढ़ः दुई दिनपूर्व बेपत्ता भएका बालकको कुवामा शव भेटियो, जाँच शुरू


राजगढ़, 30 अप्रेल (हि.स.)। मलावर थाना क्षेत्रको ग्राम खजुरखड़ीमा मंगलवार बिहान 13 वर्षीय बालकको शव महेश गुर्जरको कुवामा तैरिरहेको भेटियो जो दुई दिनदेखि बेपत्ता भएका थिए। पुलिसले पोस्टमर्टम गरेपछि शव परिवारलाई सुम्पिदियो अनि मामिलामा मुद्दा कायम गरी जाँच शुरू गऱ्यो।

पुलिस अनुसार ग्राम खजुरखड़ी निवासी राहुल उपना अभिलाष (13), पुत्र मेहताबसिंह गुर्जरको शव कुवामा तैरिरहेको भेटियो जो दुई दिनपूर्व घरबाट बाख्रा चराउन भनी हिँड़ेका थिए। यस प्रकरणमा परिवारको सिकायतमा अज्ञातविरूद्ध धारा 363 अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले घटनास्थलबाट शवलाई उद्धार गरी पोस्टमर्टम गर्न अस्पताल पुऱ्यायो। बालकसित दुर्घटना भएको हुनसक्ने अनुमान लगाइएको छ जो पानीको लागि कुवामा गए अनि खुट्टा चिप्लेर कुवामा झरेर उसको मृत्यु भयो। बालक कुवामा कसरी झऱ्यो, उसको मृत्यु कुन अवस्थामा भयो त्यसको वास्तविक कारण भने पत्तो लाग्न सकेको छैन। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande