कांग्रेसले फेक भीडियो र झूठा खबर फैलाएर जनतालाई भ्रमित पारिरहेछ- अमित शाह
कांग्रेसले फेक भीडियो र झूठा खबर फैलाएर जनतालाई भ्रमित पारिरहेछ- अमित शाह


गुवाहाटी, 30 अप्रेल (हि.स.)। केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले कांग्रेस सहित इन्डी गठबन्धऩको भाजपा विरूद्ध संविधान बदलिने औं आरक्षण समाप्त गर्ने सम्बन्धी भ्रामक बयानबाजी गरेको औं फेक खबरहरू प्रसारित गरेको आरोप लगाउँदै तीखो हमला गरेका छऩ्। उनले फेक भीडियोको माध्यमले जनतालाई भ्रमित पारेकोमा कांग्रेसको कड़ा आलोचना गरे।

केन्द्रिय मन्त्री शाह मंगलवार गुवाहाटीस्थित भाजपाको प्रदेश कार्यालयमा आय़ोजित एक संवाददाता सम्मेलनलाई सम्बोधित गरिरहेका थिए। यस अवधि उनले पत्रकारहरू समक्ष कांग्रेसले फैलाइरहेको झूठा खबरहरू र उनले दिएको मूल वक्तव्यको असली भीडियो पनि प्रस्तुत गरे। कांग्रेसद्वारा उनको फेक भीडियो प्रसारित गर्दा उनले भने, कांग्रेसको मेरो फेक भीडियो प्रसारित गर्ने कृत्य उसको हताशा र निःराशाको द्योतक हो। कांग्रेसले फेक भीडियोको माध्यमले जनतालाई भ्रमित पार्ने प्रयास गरिरहेछ।

चुनाउका दुई चरणमा भाजपाको आन्तरिक मूल्याङ्कन अनुसार पार्टी र सहयोदी दल मिलेर 100 भऩ्दा धेरै सीटहरूमा विजय हुन गइऱहेछ। जनताको आशीर्वाद र समर्थनले एनडीए आफ्नो चार सय सीट नाघ्ने लक्ष्यतिर अग्रसर छ। असम, पश्चिम बंगाल, उत्तर प्रदेश, राजस्थान, मध्य प्रदेश, छत्तीसगढ़ र उत्तराखण्डमा भाजपाले धेरै ठूलो चुनावी सफलता पाइरहेको देखिन्छ। एनडीएले दक्षिण भारतमा पनि राम्रो प्रतिक्रिया पाइरहेछ।

केन्द्रिय गृह एवं सहकारिता मन्त्रीले भने, कांग्रेसले एनडीएको चार सयमाथिको लक्ष्यलाई संविधान बद्लिने लक्ष्य बताएर दुष्प्रचार गरिरहेछ। कांग्रेसले जनतामा भाजपाले आऱक्षण समाप्त गर्नेछ भनेर अफवाह फैलाइरहेछ। यी दुवै कुरा निराधार र तथ्यहीन हुन्। भाजपाले 10 वर्षदेखि बहुमतको सरकार चलाइऱहेछ तर यसको दुरूपयोग कांग्रेस सरह आपातकाल लगाउने र लोकसभाको कार्यकाल बढ़ाउनको निम्ति गरेन। भाजपाले पूर्ण बहुमतको प्रयोग अनुच्छेद 370, तीन तलाक समाप्त गर्ने, अंग्रेजहरूको कानून बदलेर भारतीय पद्धतिको कानून ल्याउने, कोरोनासित लड्नमा र प्रभु श्रीरामको मन्दिर निर्माणको मार्ग प्रशस्त गर्नको निम्ति गरेको छ। कांग्रेसले झूठो फैलाएर जनताबीच भ्रान्ति फैलाउन चाहन्छ। कांग्रेसले पहिले त संयुक्त आन्ध्र प्रदेशमा एससी, एसटी र ओबीसीको आरक्षणमा कटौती गरी वर्ग विशेषलाई धर्मको आधारमा आरक्षण दियो र फेरि कर्नाटकमा पूरा मुस्लिम समुदायको गणना पछौटे वर्गमा गरेर उसको निम्ति चार प्रतिशत आऱक्षण तय गऱ्यो। भाजपाको भनाई छ, धर्म आधारित आऱक्षण गैर संवैधानिक हो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande