विद्या भारतीको पहिलो स्कूल अन व्हील्स मणिपुरको निम्ति प्रस्थान
विद्या भारतीको पहिलो स्कूल अन व्हील्स मणिपुरको निम्ति प्रस्थान


गुवाहाटी, 30 अप्रेल (हि.स.)। भारतीय स्टेट ब्याङ्क म्यूचुअल फण्ड (एसबीआईएमएफ) द्वारा कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) को माध्यमद्वारा वित्त पोषित स्कूल अन व्हील्स नामक एक चलायमान शिक्षा पहललाई आज गुवाहाटीस्थित भारतीय स्टेट ब्याङ्कको मुख्यालयबाट मणिपुरको निम्ति प्रस्थान गरियो।

कार्यक्रममा ब्याङ्कका मुख्य महाप्रबन्धक विन्सेन्ट एमडी, नेडफीका निदेशक पीवीएल कृष्णमूर्ति, ब्याङ्कको स्थानीय मुख्यालयका अधिकारीहरू, विद्या भारती उच्च शिक्षा संस्थानका राष्ट्रिय संगठन मन्त्री डा. केएन रघुनन्दन, विद्या भारती पूर्वोत्तर क्षेत्रका संगठन मन्त्री डा. पवन तिवारी, विद्या भारती पूर्वोत्तर क्षेत्रका सचिव डा. जगदीन्द्र रायचौधरी, शिशु शिक्षा समिति, असमका महासचिव कुलेन्द्र कुमार भगवती र अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

कम्प्यूटर ल्याब, डिजिटल लर्निङ सिस्टम, पुस्तकालय, विभिन्न शिक्षण सामग्री र खेल उपकरणहरूले सुसज्ज्ति, स्कूल अन व्हील्स बसको उद्देश्य मणिपुरको संघर्ष प्रभावित क्षेत्र, विशेष रूपमा शरणार्थी शिविरमा बसिरहेका पीडितहरूको निम्ति शिक्षालाई महत्वपूर्ण रूपमा बढाउनु हो।

हिन्दुस्थान समाचार


 rajesh pande