वी लभ तीनधारे लेखेको बोर्ड संरक्षण गर्नुपर्ने आह्वान
वी लभ तीनधारे लेखेको बोर्ड संरक्षण गर्नुपर्ने आह्वान


खरसाङ, 30 अप्रेल (हि.स.)। तीनधारेको गोलाई पाखास्थित नयाँ रोडमा स्थापित 'वी लभ तीनधारे' लेखेको बोर्डलाई संरक्षण गर्नुपर्ने आह्वान् घैयाबारी ग्राम पञ्चायत दुईका पञ्चायत सदस्य अजय विश्वकर्मले गरेका छन्। उनले वी लभ तीनधारे लेखेको बोर्ड परिसरमा पत्रकारहरूसित कुराकानी गर्दै वी लभ तीनधारे लेखेको बोर्ड तीनधारे क्षेत्रको लागि सम्पत्ति रहेको र यसको संरक्षण गर्नुपर्ने सबै तीनधारेवासीको उत्तरदायित्व रहेको बताए।

उनले यहाँ टाड़ा नजिकका पर्यटकहरू आउने गरेको र फोटो खिचेर रमाउने गरेको बताए। तर अहिले यस बोर्डमाथि चढ़ेर अनि बोर्ड हल्लाउने गरेको कुरा सुन्नमा आएको उनले बताए। उनले बोर्डमाथि चढ्नु नहुने साथै माथि चढेर फोटो क्लिक गर्नु नहुने बताएका छन्।

पञ्चायत सदस्य अजय विश्वकर्मले वी लभ तीनधारे लेखेको बोर्डको लेटर आर र टी निक्कै हल्लिने भएको छ भन्दै यसको हेरचाह गर्नुपर्ने सुझाउ दिए। यसलाई हामी सबैले संरक्षण गर्नुपर्ने र यसको संरक्षणको लागि स्थानीय प्रशासनलाई निवेदन गर्दै दुईजना सिभिक भोलेन्टियर्स खटाइदिन अनुरोध गरेका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande