प्रधानमन्त्री मोदीले भाजपाको स्थापना दिवसमा बधाई दिए
प्रधानमन्त्री मोदीले भाजपाको स्थापना दिवसमा बधाई दिए


नयॉं दिल्ली, 06 अप्रेल (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का शिर्ष नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टीको 44औं स्थापना दिवसमा आज बिहान देशभरिका कार्यकर्ताहरूलाई शुभकामना दिएका छन्। उनले भाजपा देशको सबैभन्दा मनपर्ने पार्टी रहेको बताएका छन्।

प्रधानमन्त्रीले एक्स ह्यान्डलमा लेखेका छन्, ‘भारतीय जनता पार्टीको स्थापना दिवसमा देशभरिका मेरा कर्मठ र परिश्रमी कार्यकर्ताहरूलाई धेरै-धेरै बधाई एवं शुभकामना।’

प्रधानमन्त्रीले लेखेका छन्, ‘आज @BJP4India का ती सबै महान विभूतिहरूलाई नमन गर्ने दिन हो, जसले वर्षौंको आफ्नो कड़ा परिश्रम, संघर्ष र त्यागले पार्टीलाई यो उचाईसम्म पुऱ्याए। म आज पूर्ण विश्वासका साथ भन्न सक्छु कि भाजपा देशको सबैभन्दा मनपर्ने पार्टी हो, जो ‘राष्ट्र प्रथम’ को मंत्रका साथ जन-जनको सेवामा जुटेको छ।’

उनले अर्को पोस्टमा लेखेका छन्, ‘हामीलाई एनडीएको अभिन्न अंग हुनुमा पनि गर्व छ, किनकि यो गठबन्धन देशको प्रगति र क्षेत्रीय आकांक्षाहरूलाई साथमा लिएर भारतलाई अगाडि लैजान विश्वास राख्दछ। एनडीए एउटा यस्तो गठबन्धन हो, जुन देशको विविधताका सुन्दर रंगहरूले सजिएका छन्। यो हाम्रो साझेदारी धेरै महत्वपूर्ण छ र मलाई विश्वास छ कि आगामी समयमा हाम्रो यो गठबन्धन अझ बलियो बन्नेछ।’

प्रधानमन्त्रीले लेखेका छन्, ‘देशका जनता-जनार्दन एउटा नयॉं लोकसभा चयन गर्न पूर्ण तयार छन्। म आश्वस्त छु कि देशभरिका मेरा परिवारजनले हामीलाई एक अझ कार्यकालको आशीर्वाद दिन गइरहेका छन्, ताकि विगत एक दशकमा विकसित भारतको निम्ति जुन आधार तयार गरिएको छ त्यसलाई बलियो बनाउन सकियोस्। म एकपल्ट फेरि भाजपा र एनडीएका आफ्ना सबै कार्यकर्ताहरूलाई शुभकामना दिॅंदछु, जो सरकार र जनताबिच विकासको सबैभन्दा बलियो आधार हुन्।’

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande