दार्जीलिङको सिञ्चेल वन्य जन्तु अभयारण्यको टोपके डाँड़ामा भीषण आगलागी
Fire-sinchel


दार्जीलिङ, 02 मई (हि.स.)। दार्जीलिङको सिञ्चेल वन्य जन्तु अभयारण्य अन्तर्गत टोपके डाँड़ा वन क्षेत्रमा आज बिहान भीषण आगलागी भयो। दिउँसो २ बजीसम्म करिब ८० प्रतिशत आगो नियन्त्रणमा आएको भएपनि यस घटनामा कुनै मानवीय वा धनजनको क्षति भने भएको छैन।

उक्त क्षेत्र नजिकै हिउँ चितुवा र रेड पाण्डाको प्रजनन केन्द्र अवस्थित छ। आगलागी नियन्त्रणका लागि वन विभागका कर्मचारी, स्थानीय गाउँले र दार्जीलिङ दमकलका कर्मचारी घटनास्थलमा पुगेका थिए। अर्कोतर्फ, स्थितिलाई ध्यानमा राख्दै जोरबोङ्लो पुलिस थानाका अधिकारीहरू पनि घटनास्थलमा जम्मा भएका थिए।

यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै वन अधिकृत उत्तम प्रधानले भने, वन अधिकारीले मलाई बिहान 7:20 बजी कल गरे। उनले चौरस्ताबाट आगो देखेर मलाई खबर गरेका थिए। म तुरुन्तै घटनास्थलमा पुगे।' उनले सबैको सामूहिक प्रयासमा आगोलाई नियन्त्रित गरियो। वन विभागले स्थलगत निरीक्षणलाई निरन्तरता दिइने छ। उनले आगो लाग्नुको कारण भन्न गाह्रो छ भन्दै यो सुक्खा मौसममा आगो सजिलै फैलाउन सक्छ भनी बताएका छन्।

हिन्दुस्थान समाचार/ हनोक


 rajesh pande