बंगाल: माध्यमिक परीक्षाको फलाफल घोषित, कुचबिहारका चन्द्रचूड़ सेन राज्यमै अव्वल
बंगाल: माध्यमिक परीक्षाको फलाफल घोषित, कुचबिहारका चन्द्रचूड़ सेन राज्यमै अव्वल


कोलकाता, 02 मई (हि.स.)। पश्चिम बंगाल माध्यमिक शिक्षा परिषदले माध्यमिक परीक्षाको परिणाम घोषणा गऱ्यो। कुचबिहार जिल्लाका चन्द्रचुड़ सेनले राज्यमा टप गरेका छन्। कुचबिहारको रामभोला हाई स्कूलका छात्र चन्द्रचुड़लाई 700-मा 693 (99प्रतिशत) अंक प्राप्त भएको छ। यस वर्ष मोठ 86.31 प्रतिशत विद्यार्थीहरूले सफलता हासिल गरेका छन्।

टप टेनमा 57 जना परीक्षार्थीहरू सामेल छन्। दोस्रो स्थान पुरूलिया जिल्ला स्कूलका साम्यप्रिय गुरूले हासिल गरेका छन् जसको प्राप्तांक 692 (98.96 प्रतिशत) छ। तीनजना विद्यार्थीहरूले तेस्रो स्थान हासिल गरेका छन् जसमा बालुरघाट हाईस्कूल, दक्षिण दिनाजपुरका छात्र उदयन प्रसाद, न्यू इन्टीग्रेटेड गभर्नमेन्ट हाईस्कूल, बीरभूमकी छात्रा पुष्पिता बंशुरी औ नरेन्द्रपुर रामकृष्ण विद्यालय, दक्षिण 24 परगनाका छात्र नायरितरंजन पालले 691 अंक प्राप्त गरी संयुक्त रूपमा तेस्रो स्थान हासिल गरेका छन्।

रामकृष्ण मिशन मल्टीपर्पज स्कूल, कामारपुकुर, हुगलीका छात्र तपोज्योति मण्डलले चौथो स्थान हासिल गरेका छन् जसको प्राप्त अंक 690 (98.57 प्रतिशत) रहेको छ। पूर्वी बर्धमानको पारूलदंगा नसरतपुर हाई स्कूलका छात्र अर्घ्यदीप बसाकले अंक 689 (98.43 प्रतिशत) सहित पाँचौ स्थान प्राप्त गरेका छन्।

छैटौं स्थानमा चारजना छात्रहरू छन् क्रमैले दक्षिण दिनाजपुरको बालुरघाट हाईस्कूलका छात्र कृष्णु साहा, मालदाको मोजमपुर हाई स्कूलका छात्र मोहम्मद शहाबुद्दीन अली, पश्चिम मेदिनीपुरको मेदिनीपुर कलेजिएट स्कूलका छात्र कौस्तव साहू औ नरेन्द्रपुर रामकृष्ण स्कूलका छात्र ओलिव गायेनले 688 (98.29 प्रतिशत) अंक हासिल गरेका छन्।

सातौं स्थानमा सातजना विद्यार्थीहरू छन् जसमा दक्षिण दिनाजपुरबाट तीन छात्र सामेल छन् भने अन्य क्रमैले बालुरघाट गर्ल्स हाई स्कूलका अवृत घटक र अर्पिता घोष, बालुरघाट हाई स्कूलका सतवत डेले 687 (98.17 प्रतिशत) अंक हासिल गरेका छन् भने सरोजिनी देवी सरस्वती शिशु मन्दिर, बीरभूमका छात्र आरट्रिक साव, ज्ञानदीप विद्यापीठ हाई स्कूल, पूर्वी मेदिनीपुरका छात्र सुपम कुमार राय, विवेकानन्द आश्रम स्कूलका छात्र कौस्थव मल, नरेन्द्रपुर रामकृष्ण मिशन स्कूल, दक्षिण 24 परगनाकी छात्रा आख्याले पनि सातौं स्थान हासिल गरेका छन्।

आठौं स्थानमा चारजना विद्यार्थीहरू क्रमैले बर्दवान विद्यार्थी भवन गर्ल्स हाई स्कूल, पूर्वी बर्दवानकी छात्रा इन्द्राणी चक्रवर्ती, बर्दवान म्यूनिसिपल हाई स्कूलकी छात्रा देबज्योति भट्टाचार्य, मेदिनीपुर मिशन गर्ल्स स्कूल, पश्चिम मेदिनीपुरकी छात्रा तनुका पाल, कृष्णानगर कलेजिएट स्कूल, नादियाकी छात्रा हृदयी मल्लिक रहेका छन् जसको प्राप्त अंक 686 (98 प्रतिशत) छ।

नौवौं स्थानमा सातजना परीक्षार्थीहरू परेका छन् जसमा पूर्व मेदिनिपुरको रामकृष्ण मिशन शिक्षा मन्दिरका सायक शशमल र सागर जाना, विवेकानन्द मिशन आश्रम एजुकेशनका छात्र साग्निक घटक, नदिया चकदाह रामलाल अकादमीका छात्र जिष्णु दास, नरेन्द्रपुर रामकृष्ण मिशनका छात्र रितव्रत नाथ, ऋतिक दत्त, सारदा विद्यापीठ हाई स्कूलका छात्र सायनदीप मन्ना र श्यामपुर हाई स्कूलका छात्र अरण्यदेव बर्मन सामेल छन् भने यिनीहरू सबैले 685 अंक (97.86 प्रतिशत) हासिल गरेका छन्।

यस वर्ष कतिजना विद्यार्थीहरूले परीक्षा दिए

यस वर्ष लोकसभा चुनाउको कारणले माध्यमिक परीक्षा गत दुई फरवरीदेखि शुरू भएर 12 फरवरीमा समाप्त भएको थियो। परीक्षाको लागि 9 लाख 23 हजार 636 उम्मेद्वारहरूले पञ्जीकरण गराएका थिए। माध्यमिक शिक्षा परिषदका अध्यक्ष रामानुज गंगोपाध्यायले प्रेस कन्फ्रेन्समा भने, कुल 9 लाख 10 हजार 598 विद्यार्थीहरूले परीक्षा लेखे जसमध्ये 4 लाख 3 हजार 9 सय छात्र अनि 5 लाख 8 हजार 698 छात्राहरू थिए। यस वर्ष 7 लाख 65 हजार 252 छात्र-छात्राहरूले परीक्षा उतीर्ण गरेका छन्। यसपालिको परीक्षामा 7 अनिवार्य विषय र 47 वैकल्पिक विषय थियो। पास रेट बढ़ेर 86.31 प्रतिशत पुगेको छ जुन वर्ष 2023-मा यो दर 86.15 प्रतिशत थियो।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande