'शब्द' पुरस्कारहरूका लागि प्रविष्टिहरू आमन्त्रित
Sabd sahitya


बेङ्गलुरू, 02 मई (हि.स.)। कर्नाटकको राजधानी बेङ्गलुरूका हिन्दी रचनाकारहरूको सुप्रसिद्ध संस्था ‘शब्द’ ले उत्कृष्ट साहित्य लेखन तथा हिन्दीको संवर्द्धनका लागि शुरू गरिएको आफ्नो दुई वार्षिक पुरस्कारहरूका लागि प्रविष्टिहरू आमन्त्रित गरेको छ। यसमा पहिलो पुरस्कार एक लाख रूपियाँको “अज्ञेय शब्द सृजन सम्मान” छ, जसलाई देशको कुनै एक मूर्दधन्य साहित्यकारलाई प्रदान गरिन्छ। दोस्रो पुरस्कार 21 हजार रूपियाँको “दक्षिण भारत शब्द हिन्दी सेवी सम्मान” छ, जसलाई दक्षिण भारतमा हिन्दी भाषा र साहित्यको संवर्द्धनमा उल्लेखनीय योगदानको निम्ति कुनै एक विशिष्ट हिन्दी सेवाई प्रदान गरिन्छ।

‘शब्द’ साहित्यिक संस्थाका अध्यक्ष डा. श्रीनारायण समीरले बिहिवार एक विज्ञप्तीमा जानकारी गराए, “अज्ञेय शब्द सृजन सम्मान-2024” का लागि योग्य रचनाकारको चयन देशका प्रतिष्ठित साहित्यकारहरू/सम्पादकहरू/विद्वानहरू/प्रकाशन संस्थानहरूद्वारा अऩुशंसित कविहरू एवं लेखहरूको साहित्यिक अवदान तथा गत तीन वर्ष (2021-23) मा प्रकाशित उनीहरूका कृतिहरूको पारदर्शी मूल्याङ्कनको आधारमा गरिनेछ। यसको निम्ति प्रविष्टि मागिएको छ। प्रविष्टिमा रचनाकारको नाम र सम्पर्क ठेगाना (मोबाइल नम्बर, मेल आईडी सहित), गत तीन वर्षमा प्रकाशित पुस्तकको विवरण र त्यसको विशेषता (प्रकाशकको नाम र ठेगाना, मोबाइल/फोन/मेल आईडी सहित) तथा रचनाकारको सम्पूर्ण अवदानको अधिकतम 200 शब्दमा संक्षिप्त विवरण मागिएको छ। प्रविष्टिको साथ सम्बन्धित पुस्तकको चार प्रति पठाउनु जरूरी छ।

उनले थप भने, “दक्षिण भारत शब्द हिन्दी सेवी सम्मान-2024” को निम्ति योग्य हिन्दी सेवीको चयन दक्षिण भारतमा बस्ने हिन्दी सेविहरू/सर्जकहरूमध्ये गरिनेछ। दक्षिण भारतका प्रतिष्ठित साहित्यकारहरू/सम्पादकहरू/सार्वजनिक जीवनका प्रतिष्ठित नागरिकहरूद्वारा अनुशंसित नामहरूमध्ये हिन्दीको विकास एवं संवर्द्धनमा उनीहरूको अवदानको मध्यनजर तथा विगतका वर्षहरूमा उनीहरूको उपलब्धीहरूको पारदर्शी मूल्याङ्कन, यिनीहरूलाई चयन गरिने आधार बनिनेछ।

अनुशंसा-प्रविष्टिहरू “अध्यक्ष : शब्द, बी-8/403, श्रीराम स्पंदन, चेलघट्टा, बेङ्गलूरू- 560037” ठेगानामा आगामी 30 जून 2024 सम्म पठाइनुपर्नेछ। ‘शब्द’ का अध्यक्ष डा. श्रीनारायण समीर अनुसार “अज्ञेय शब्द सृजन सम्मान” को व्यय नगरका प्रसिद्ध समाजसेवी र महान आधुनिक कवि-लेखक सच्चिदानन्द हीरानन्द वात्स्यायन अज्ञेय साहित्यका अनुरागी ‘श्री बाबूलाल गुप्ता फाउन्डेशन’ द्वारा वहन गरिन्छ जबकि “दक्षिण भारत शब्द हिन्दी सेवी सम्मान” को व्यय बेङ्गलुरू र चेन्नईबाट प्रकाशित प्रमुख हिन्दी दैनिक समाचार पत्र ‘दक्षिण भारत राष्ट्रमत’ द्वारा वहन गरिन्छ। बाकी व्यय ‘शब्द’ को सदस्यगणद्वारा स्वेच्छाले वहन गरिन्छ।

‘शब्द’ द्वारा संस्थाको एतिहासिक रजत जयन्ती वर्ष 2022 मा यसको शुरूआत गरिएको थियो। पहिलो “अज्ञेय शब्द सृजन सम्मान” मूर्धन्य कवि मदन कश्यपलाई जबकि दोस्रो मूर्धन्य कथाकार हृषीकेश सुलभलाई प्रदान गरियो। यसैगरी पहिलो “दक्षिण भारत शब्द हिन्दी सेवी सम्मान” केरलका सुप्रसिद्ध विद्वान प्रो. अरविन्दाक्षनलाई जबकि दोस्रो कर्नाटकका वयोवृद्ध हिन्दी सेवी बीएस शान्ता बाईलाई प्रदान गरियो।

डा. समीर अनुसार, ‘शब्द’ को मासिक रचना गोष्ठी र वार्षिक समारोहको आयोजनको क्रम संस्थाको स्थापना काल 13 जुलाई 1997 देखि अनवरत जारी छ। कोरोना कालमा पनि ‘शब्द’ को अनलाइन मासिक गोष्ठीहरू लगातार आयोजित भयो, जसमा देश-विदेशका अनेक गणमान्य कवि-लेखर सामेल भए।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande