जिल्लापाल एम. भरानी कुमारले गरे स्टेरिङ समितिका सदस्य़हरूसँग बैठक
जिल्लापाल एम. भरानी कुमारले गरे स्टेरिङ समितिका सदस्य़हरूसँग बैठक


गेजिङ, 02 मई (हि.स.)। गेजिङ जिल्ला अन्तर्गत चोङराङ ब्लकको निम्ति महत्वकांक्षी ब्लक कार्यक्रमको स्टेरिङ समितिको एक बैठक सम्पन्न भयो। गेजिङ जिल्लाका जिल्लापाल एम भरानी कुमारको अध्यक्षतामा सम्पन्न बैठकमा पावरपोइन्ट प्रस्तुतीकरणको माध्यमद्वारा चोङराङ ब्लकको विकासको निम्ति स्वास्थ्य, शिक्षा, कृषि र सम्बद्ध सेवाहरू, आधारभूत पूर्वाधार र सामाजिक विकासका क्षेत्रहरूसँग सम्बन्धित मुख्य कार्यहरूबारे छलफल गरियो।

बैठकमा कर्मा छोग्याल भोटियाले चोङराङ व्लकमा निर्धारित समयभित्र शतप्रतिशत कार्यान्वयन गर्न लिइएको लक्ष्यबारे सान्दर्भिक तथ्यहरू साझा गरे।

हिन्दुस्थान समाचार


 rajesh pande