हावड़ाको पञ्चायत कार्यालयमा फायरिंग, ऱ्याफलाई उतार्नुपऱ्यो
हावड़ाको पञ्चायत कार्यालयमा फायरिंग, ऱ्याफलाई उतार्नुपऱ्यो


कोलकाता, 02 मई (हि.स.)। लोकसभा चुनाउबीच हावड़ा जिल्लामा तनाउले जाने नाम लिएको छैन। अब हावड़ाको बाँकड़ा क्षेत्रस्थित पञ्चायत कार्यालयभित्र फायरिंग भएको छ। रूम नम्बर तीनमा अचानक मुखौटोधारी उपद्रवीहरूले पाँच राउण्ड फायरिंग गरे।

प्रत्यक्षदर्शीहरूको दाबी छ, उपद्रवीहरू बाइकमा सवार भएर आएका थिए जसले पञ्चायत कार्यालयभित्र पसेर अचानक फायरिंग गर्नथाले। यद्यपि घटनामा कुनै प्रकारको जनहानि भएको समाचार छैन। सरकारी कर्मचारीबीच व्याप्त सन्त्राष अनि वरिपरीका मानिसहरूमा भएको खैलाबैलालाई मध्यनजर गर्दै तत्काल पुलिसले ऱ्यापिड एक्शन फोर्स (ऱ्याफ)-लाई तैनाथ गऱ्यो। क्षेत्रमा केन्द्रिय बलहरूलाई पनि तैनाथ गरिएको छ। केन्द्रिय बलहरूको पेट्रोलिंग शुरू भएको छ ताकि शान्ति बहाल होस्। कसले फायरिंग गऱ्यो र के कारणले गऱ्यो यसको जाँच गरिँदैछ। सीसीटीभी फुटेजको जाँच पनि गरिँदैछ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande