कुणाल घोषले भने- 2021 को विधानसभा चुनाउपूर्व नै तृणमूललाई शिक्षक नियुक्ति भ्रष्टाचारको जानकारी थियो
कुणाल घोषले भने- 2021 को विधानसभा चुनाउपूर्व नै तृणमूललाई शिक्षक नियुक्ति भ्रष्टाचारको जानकारी थियो


कोलकाता, 02 मई (हि.स.)। तृणमूल कंग्रेस (टीएमसी)- को महासचिव पदबाट निलम्बित गरिएपछि तृणमूलका पूर्व प्रवक्ता कुणाल घोषले पार्टीविरूद्ध आगो ओकलिरहेका छन्।

उनले गम्भीर आरोप लगाउँदै दाबी गरे, पार्टीलाई वर्ष 2021-को विधानसभा चुनाउअघि नै स्कूल भर्ती घोटालाको बारेमा थाहा थियो। तृणमूलका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीको निकटवर्ती मानिने घोषणको पार्टीलाई नोक्सान पुऱ्याउने यो बयान वर्तमान लोकसभा चुनाउको पृष्ठभूमिमा आएको छ। किनभने चुनाउमा शिक्षक नियुक्ति भ्रष्टाचार एउटा ठूलो मुद्दा भएको छ। घोषलाई भारतीय जनता पार्टी (भाजपा)- का एकजना लोकसभा उम्मेद्वार तापस रायसित मञ्च साझा गरेको र उनको प्रशंसा गरेको केही घण्टापछि नै पदबाट हटाइयो।

घोषले भने, ''''पार्टी यस तथ्यसित राम्ररी अवगत थियो कि स्कूल विभागमा व्यापक रूपमा भ्रष्टाचार अनि नोकरीको सट्टा बलजफ्ती असुली भइरहेको छ। पार्टीलाई वर्ष 2021- को विधानसभा चुनाउ अगाड़िदेखि नै यसको जानकारी थियो।'''' घोषले अघिल्लो पिँढ़ीका नेताहरूलाई अधिक महत्व दिनुपर्ने माग गरिरहेका थिए भने तृणमूलभित्र उनका पुराना नेताहरूसित मनमुटाव भइरहेको थियो। उनले भने, ‘‘व्यापक भ्रष्टाचारको बारेमा जानकारी भएकै कारण पार्थ च्यटर्जीलाई वर्ष 2021- मा पार्टी लगातार तेस्रो पटक सत्तामा फर्किएपछि शिक्षा मन्त्रालयदेखि उद्योग मन्त्रालयमा स्थानान्तरण गरिएको थियो।”

घोषको उक्त टिप्पणी कलकत्ता उच्च न्यायालयले पश्चिम बंगाल सरकारद्वारा संचालित तथा सहायता प्राप्त विद्यालयहरूमा राज्य स्तरीय चयन परीक्षा- 2016 (एसएलएसटी)- को भर्ती प्रक्रियालाई अमान्य घोषणा गरेको एक हप्तापछि आएको छ। अदालतले उसको माध्यमबाट गरिएका सबै नियुक्तिहरूलाई रद्द गर्ने आदेश दिएको थियो। अदालतले आदेश दिएपछि लगभग 26 हजार मानिसहरूको नोकरी गयो।

तृणमूल नेतृत्वले भनेका थिए, वर्ष 2022-मा च्यटर्जीलाई पक्राउ गर्दासम्म पार्टीलाई घोटालाको बारेमा जानकारी थिएन। तृणमूल नेता पार्थ च्यटर्जीलाई एसएससी घोटालामा उनको कथित संलिप्तताको लागि जुलाई, 2022-मा प्रवर्तन निदेशालय (ईडी)- ले पक्राउ गरेको थियो। पक्राउ पश्चात च्यटर्जीलाई पार्टीबाट निष्कासित गरिएको थियो। उनलाई राज्य मन्त्रीमण्डलबाट पनि हटाइएको थियो।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande