कुणाललाई तृणमूलबाट हटाउनका लागि तृणमूल नेताहरूबीच भएको ह्वाट्सएप च्याट भाइरल
कुणाललाई तृणमूलबाट हटाउनका लागि तृणमूल नेताहरूबीच भएको ह्वाट्सएप च्याट भाइरल


कोलकाता, 01 मई (हि.स.)। ममता ब्यनर्जीसित कुणाल घोषलाई पार्टीबाट निलम्बित गर्नको लागि भनियो। गए बुधवार तृणमूल सांसद सुदीप ब्यनर्जीलाई पठाएको एक ह्वाट्सएप सन्देश बिहीवार सोशल मीडियामा भाइरल भएको छ। उक्त सन्देश मार्फत सुदीपको प्रतिक्रिया पनि अघि आएको छ। संयोगवश बुधवार अपरान्ह तृणमूलले कुणाललाई पार्टीको प्रदेश महासचिव पदबाट हटाइदिएको थियो।

त्यसको तुरून्तै केही व्हाट्सएप सन्देश सोशल मीडियामा भाइरल भएको छ। यो सन्देश ''सारा बंगला फायरवर्क्स एसोसिएशन''- का नेता बाबला रायले सुदीपलाई पठाएका थिए। बाबलाले उक्त सन्देशमा सुदीपसित भनेका छन्, उनले कुणाललाई सस्पेण्ड गर्नका लागि मुख्यमन्त्रीलाई पनि मेल पठाएका छन्। यस विषयमा उनले पूर्व मुख्य सचिव हरिकृष्ण द्विवेदीलाई पनि भनेका छन्।

यसमाथि प्रतिक्रिया व्यक्त गर्दै बिहीवार कुणालले मीडिया समक्ष दाबी गरे, उनलाई सुदीपलाई पठाइएका सन्देशहरूको बारेमा सोशल मीडिया मार्फत थाहा लाग्यो। बाबलाले स्वीकार गरेका छन्, सुदीपलाई पठाएको व्हाट्सएप सन्देश उनकै हो। उनले भने, ''''कुणालले तृणमूललाई नोक्सान पुऱ्याइरहेका छन्। यसैले मैले पार्टी सुप्रीमो ममता र सुदीप दासित अनुरोध गरेको हो। कुणालले जसरी पार्टीलाई नोक्सान पुऱ्याइरहेको छ, त्यसबाट पार्टीलाई बचाउनको लागि मैले यो म्यासेज पठाएको हो ताकि कुनै ठूलो नोक्सान नहोस्। म फेरि पनि भन्छु, कुणाललाई पार्टीबाट निकालिदिनुहोस्।''''

बाबलाको सन्देशमाथि उत्तर कोलकाताका निवर्तमान सांसद सुदीपको प्रतिक्रिया पनि सोशल मीडियामा भाइरल भइरहेको छ। सुदीपले बाबलालाई कुणालदेखि बच्ने सल्लाह दिरहेका छन्। साथै सुदीपले उनलाई आगामी 1 जूनको भोटसम्म प्रतीक्षा गर्न भनेका छन्।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande