लमडिङ सिलचर ट्रेन सेवा पैह्रोका कारण अवरुद्ध
लमडिङ सिलचर ट्रेन सेवा पैह्रोका कारण अवरुद्ध


डिमा हसाओ, 02 मई (हि.स.)। डिमा हसाओ जिल्लामा पैह्रोका कारण लमडिङ सिलचर ट्रेन सेवा फेरि बाधित बनेको छ। भारी वर्षाका कारण पैह्रो गएकाले यातायात ठप बनेको छ।

डिमा हसाओ जिल्ला प्रशासनले जिल्लामा शैक्षणिक संस्थानहरू बन्द राख्ने निर्देश दिएको छ। पहाडी जिल्ला गत केही दिनदेखि प्रतिकूल मौसमको चपेटमा छ। पैह्रोका कारण जिल्लावासीहरू डराएका छन्।

जिल्ला प्रशासन र जिल्ला आपदा प्रबन्धन विभागले खराब मौसमका कारण बिहिवार एउटा आदेश जारी गरेको छ। आदेश अनुसार पर्वतीय जिल्लाका सबै शैक्षणिक संस्थान आजदेखि अर्को आदेशसम्मका लागि बन्द रहनेछ।

हिन्दुस्थान समाचार


 rajesh pande