भाजपाका सहयोगी हुन् अधीर चौधरी: ममता
भाजपाका सहयोगी हुन् अधीर चौधरी: ममता


कोलकाता, 02 मई (हि.स.)। लोकसभा चुनाउभन्दा पहिला एकपल्ट फेरि ममता ब्यानर्जीले अधीर चौधरीमाथि हमला गरेकी छन्। कांग्रेस नेता अधीर रंजन चौधरीले मानिसहरूसॅंग तृणमूललाई भोट दिनुको साथ भाजपालाई भोट दिन अपीलसम्म गरेका छन्।

अधीरको उक्त बयानलाई लिएर ममता ब्यानर्जीले तीखो प्रतिक्रिया व्यक्त गरेकी छन्। उनले अधीर इण्डिया ब्लकका गद्दार हुन् समेत भनेकी छन्। बहरमपुरमा तृणमूल उम्मेदवार यूसुफ पठानको समर्थनमा आयोजित ऱ्यालीमा ममताले उक्त कुरा भनेकी छन्।

उनले अधीर रंजनको नाम नलिइ भनिन्, बहरमपुरमा आजसम्म तृणमूलका कुनै पनि उम्मेदवारले जित हासिल गरेको छैन। कांग्रेसले झुटो वाचा गरेर भाजपा र माकपाको मद्दतमा चुनाउ जित्दै आइरहेको छ। यस कारण तपाईहरूले आफ्नो बहुमूल्य भोट तृणमूल उम्मेदवार युसूफ पठानलाई दिएर विजयी बनाउनु होस्।

हिन्दुस्थान समाचार


 rajesh pande