ममताले दिइन् माध्यमिक परीक्षार्थीहरूलाई शुभकामना
ममताले दिइन् माध्यमिक परीक्षार्थीहरूलाई शुभकामना


कोलकाता, 02 मई (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले माध्यमिक परीक्षा उतीर्ण गर्ने विद्यार्थीहरूलाई शुभकामना दिएकी छन्। बिहीवार उनले ट्वीटरमा लेखिन्, माध्यमिक परीक्षा उतीर्ण गर्ने सबै विद्यार्थीहरूलाई मेरो शुभकामना एवं बधाई। तपाईहरूका माता-पिता एवं शिक्षकहरूलाई पनि बधाई। तपाईहरूको आगामी दिन मंगलमय होस्, यही प्रार्थना छ।

उल्लेखनीय छ, बिहीवार परीक्षा परिणाम घोषणा भएको छ। टप टेनमा 57 जना विद्यार्थीहरू परेका छन्। 9 लाख 10 हजार 598 छात्र-छात्राहरूले परीक्षा लेखेका थिए जसमा 7 लाख 65 हजार 252 छात्र-छात्राहरू उतीर्ण भएका छन्।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande