मंगन जिल्लामा खाद्य भण्डारणलाई लिएर समन्वय बैठक सम्पन्न
मंगन जिल्लामा खाद्य भण्डारणलाई लिएर समन्वय बैठक सम्पन्न


मंगन, 02 मई (हि.स.)। मंगन जिल्लाका जीएलओफ प्रभावित खाद्य भण्डारणको संयुक्तरूपमा निरीक्षण साथै डीसीएओ र नागरिक आपूर्ति विभागका अधिकारीहरूको बीच एक समन्वय बैठक सम्पन्न भयो। उक्त सभामा लाचेन जुम्साका पिपन्स र ग्याम्बोसहरूको पनि उपस्थिति रहेको थियो। समन्वय बैठक लाचेनको जुम्सा हलमा सम्पन्न भएको थियो।

अधिकारीहरूको टोलीले गत 4 अक्टोबरको दिन आएको बाढीले नष्ट गरिदिएको खाद्य भण्डारणको निरीक्षण गर्नुका साथै अस्थायी वैकल्पिक परिसर पनि चिन्हित गरियो जहॉं 5-6 महिना मनसूनको समयमा 6 सय क्विन्टल पीडीएस सामग्री भण्डारण गर्न सकिने छ।

डीसीएसओ पाल्देन एन लाचुङपाले खाद्य एवम् नागरिक उड्डयन विभागले वर्ष 2023 को दिसम्बर महिनासम्मको खाद्य सामग्री वितरण गरिएको जानकारी गराए। उनले जुम्साबाट अनुरोध प्राप्त भएको खण्डमा जनवरीदेखि मार्चसम्मको पीडीएस तत्काल प्रदान गरिने बताए। विभागले तीन महिना, जनवरीदेखि मार्च 2024 सम्मका लागि 351 क्विन्टल पीडीएस नयॉं जुम्सा हलमा पुऱ्याएको पनि थप जानकारी दिएका छन्।

हिन्दुस्थान समाचार


 rajesh pande