मणिपुरः दुई प्रीपाक उग्रवादी पक्राउ
मणिपुरः दुई प्रीपाक उग्रवादी पक्राउ


इम्फाल, 02 मई (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूको आतंकवाद विरोधी अभियान निरन्तर जारी छ। मणिपुर पुलिसले बिहीवार बतायो, दुई भिन्न-भिन्न अभियानहरूमा पुलिसले पूर्वी इम्फाल जिल्लाको ल्यारिकेंबाम लेईकाई र खुरई सैथाब लिरक क्षेत्रबाट दुईजना उग्रवादीहरूलाई पक्राउ गऱ्यो। पक्रा पर्ने दुवै आतंकवादीहरू प्रतिबन्धित प्रीपाक (प्रो) संगठनका सदस्य रहेको बताइँदैछ।

यी उग्रवादीहरूको पहिचान नौरोइबाम जयशंकर उपनाम ल्युम्बा उपनाम खोगांग (39) औ त्सिंगम सुरेश उपनाम ब्वाय (38)- को रूपमा भएको छ। उग्रवादीहरूको कब्जाबाट दुईवटा म्यागजिनसितै दुई 9 एमएमको पेस्तोल, म्यागजिनसितै एक पोइन्ट थ्री नक थ्री राइफल, 6 जिउँदो कारतूस र 9 खाली कारतूस जफत गरियो।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande