मनीष सिसोदिया जमानतको लागि दिल्ली हाई कोर्ट पुगे
मनीष सिसोदिया जमानतको लागि दिल्ली हाई कोर्ट पुगे


नयाँ दिल्ली, 02 मई (हि.स.)। दिल्लीको आम आदमी पार्टी सरकारका पूर्व उप- मुख्यमन्त्री मनीष सिसोदिया दिल्ली आबकारी घोटाला मामिलामा जमानतको लागि दिल्ली हाई कोर्टमा पुगेका छन्। हाई कोर्टले 3 मईमा सुनवाई गर्नेछ। यसपूर्व गत 30 अप्रेलमा राऊज एभेन्यू कोर्टले सीबीआई तथा प्रवर्तन निदेशालय (ईडी)-को पक्षबाट दर्ता मुद्दामा सिसोदियाको जमानत याचिकालाई खारेज गरिसकेको छ।

यसै आदेशलाई सिसोदियाले दिल्ली हाई कोर्टमा चुनौती दिएका छन्। ईडीले मनीष सिसोदियालाई 9 मार्च, 2023-मा जाँचबुझ गरेपछि तिहाड़ जेलबाटै पक्राउ गरेको थियो। सिसोदियालाई पहिला सीबीआईले 26 फरवरी, 2023- मा पक्राउ गरेको थियो। दिल्ली सरकारको बहुचर्चित आबकारी नीतिको भुप्रोले आम आदमी पार्टीका धेरैजना नेताहरू पिल्सिसकेका छन्। मुख्यमन्त्री केजरीवाल पनि जेलमा थुनिएका छन्। उनका वकिल जमानतको निम्ति सुप्रीम कोर्टसम्म पुगिसकेका छन्।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande