युवा पर्वतारोहरूलाई झण्डा हल्लाएर मिक्स एक्सपीडिसनको निम्ति प्रस्थान गराइयो
युवा पर्वतारोहरूलाई झण्डा हल्लाएर मिक्स एक्सपीडिसनको निम्ति प्रस्थान गराइयो


गान्तोक, 02 मई (हि.स.)। इन्डियान माउन्टेनेरिङ फाउण्डेसनले माउण्ट तिनछिङखाङ (6010 मिटर) एक मईदेखि पहिलो मिक्स एक्पीडिसन आयोजना गरिरहेको छ। यो अभियान आगामी 21 मईको दिन समापन हुनेछ।

आज इन्डियान हिमालय सेन्टर फर एडभेञ्चर एवं इको टुरिज्म, चेम्चेका प्रशासक राजीव राईले पर्वतारोहीहरूको टोलीलाई झण्डा हल्लाएर अभियानको निम्ति प्रस्थान गराए। यस अवसरमा सिक्किमबाट आईएमएफ सदस्य शान्ति राई र चेम्चेका अधिकारीहरू उपस्थित थिए। यो अभियान पूर्वोत्तर क्षेत्रका युवाहरूलाई प्रोत्साहित गर्न आईएमएफले इन्डियान हिमालय सेन्टर फर एडभेञ्चर एवं इको टुरिज्म, चेम्चेको संयुक्त पहलमा आयोजना गरिएको हो।

यस अभियानको अगुवाई आईएमएफका सदस्य डब्ल्यु लिङ्गदोहले गरिरहेका छन्। अभियान टोलीमा मेघालयका दुई, सिक्किमका तीन, अरुणाचल प्रदेश, मिजोरम, नागाल्याण्ड र त्रिपुराका एक-एक सदस्य छन्।

हिन्दुस्थान समाचार


 rajesh pande