खरसाङ क्षेत्रका विद्यालयहरूका माध्यमिक परीक्षाको परिणाम सन्तोषजनक
खरसाङ क्षेत्रका विद्यालयहरूका माध्यमिक परीक्षाको परिणाम सन्तोषजनक


खरसाङ, 02 मई (हि.स.)। खरसाङ क्षेत्रका विद्यालयहरूको माध्यमिक परीक्षाको परिणाम प्राप्त भएको छ। यसपाली खरसाङका विभिन्न विद्यालयहरूका माध्यमिक परीक्षाको परिणाम सन्तोषजनक रहेको छ। खरसाङको सन्त अल्फन्सेस विद्यालयबाट यसपाली जम्मा 175 जनाले परीक्षा दिएका थिए जसमा 8 जना पहिलो दर्जामा, 24 जना दोस्रो दर्जा र 131 जना तेस्रो दर्जामा उत्तीर्ण भएका छन्। यसरी नै 12 जना विद्यार्थी उत्तीर्ण बन्न असफल बनेको जानकारी सन्त अल्फन्सेस विद्यालयबाट प्राप्त भएको छ।

सन्त अल्फन्सेस विद्यालयकी पूजा शर्मा 518 अंक (74 प्रतिशत) को साथमा टपर बनेकी छन्। यसरी नै यस विद्यालयबाट वाङ्छेन तामाङ 500 अंक (71.42 प्रतिशत) र बरदान लामाले 475 (67.85 प्रतिशत), दिव्यंकर थापाले 472 (67.42 प्रतिशत), अभिनव छेत्रीले 459 (65.57 प्रतिशत) 65.57 अंक प्राप्त गरेका छन्।

खरसाङको अर्को विद्यालय सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयबाट यसपाली 104 जनाले माध्यमिक परीक्षा दिएका थिए जसमा 8 जना ए वर्गमा, 38 जना बी प्लस वर्गमा, 55 जना बी वर्गमा र 3 सी वर्गमा उत्तीर्ण भएका छन्। यस विद्यालयबाट श्रुति ठाकुर टप्पर बनेकी छन् जसले 503 (72 प्रतिशत) अंक प्राप्त गरेकी छन्। यसरी नै श्रीसा थापाले 473 (68 प्रतिशत), मेघा थापाले 449 (64.14 प्रतिशत), आयुष्ना थापा र विद्याकुमारीले 437 (62.42 प्रतिशत) अंक प्राप्त गरेका छन्।

खरसाङको पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयबाट यसपाली 15 जनाले माध्यमिक परीक्षा दिएका थिए जसमा 12 जना उत्तीर्ण, 2 जमा सीसी, 1 जना अनुपस्थित रहेको शिक्षक हेमन्त दर्नालले जानकारी गराएका छन्। त्यसरी नै खरसाङको रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयबाट यसपाली 39 जनाले माध्यमिक परीक्षा दिएका थिए जसमा 5 जना प्रथम श्रेणीमा, 7 जना दोस्रो श्रेणीमा र 27 जना तेस्रो श्रेणीमा उत्तीर्ण भएका छन्।

रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयका सय प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएको जानकारी प्रधान अध्यापिका चन्द्रकला थापा यल्मोले जानकारी गराएकी छन्। त्यसरी नै आदर्श उच्चत्तर माध्यमिक विद्यालयबाट यसपाली 4 जनाले माध्यमिक परीक्षा दिएका थिए जसमा 3 जना उत्तीर्ण भएका छन् जसमा अनिशा राई स्कूल टप्पर बनेको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande