नेपाली ब्यांकबाट 1.32 करोड़ लुट्ने तीन अपराधी मोतिहारीबाट समातिए
नेपाली ब्यांकबाट 1.32 करोड़ लुट्ने तीन अपराधी मोतिहारीबाट समातिए


पूर्वी चम्पारण, 01मई (हि.स.)। जिल्ला पुलिस टीमलाई ठूलो सफलता हात लागेको छ। टीमले नेपालको नोबल को-अपरेटिभ ब्यांकबाट भएको 1.32 करोड़ रुपियाँको लुटमा सामेल तीनजना अपराधीहरूलाई पक्राउ गरेको छ। साथै अपराधीहरूबाट लुटेको 18 लाख 23 हजार 200 नेपाली रुपियाँ सहित हतियार, जिउँदो कारतूस एवं अन्य सामानहरू जफत गरिएको छ।

पुलिसको जाँचबुझमा आरोपीहरूले नेपाली ब्यांकबाट लुटेको तथा पूर्वी चम्पारण जिल्लाको चिरैया र ढाकास्थित तीनवा इलेक्ट्रनिक पसलमा भएको चोरीकाण्डमा पनि आफूहरूको संलिप्ततालाई स्वीकार गरेका छन्। पुलिस छापामारीमा जुटेको छ।

एसपी कान्तेश कुमार मिश्रले प्रेस वार्तामा उक्त आशयको जानकारी गराउँदै भने, केही हतियारधारी अपराधीहरू भेला भएको गुप्त सूचना प्राप्त भएपछि रक्सौल डीएसपी धीरेन्द्र कुमार, सिकरहना डीएसपी अशोक कुमार अनि पकड़ीदयाल डीएसपी सुबोध कुमारको नेतृत्वमा एसआईटी गठन गरियो। एसआईटीले त्वरित कारबाही गर्दै घेराबन्दी गरेर दरपा थाना क्षेत्रको तीनकोनीमा छापा मारेर 17 लाख 28 हजार 200 नेपाली रुपियाँ सहित दुईजना अपराधीलाई समात्यो।

जाँचबुझमा अपराधीहरूले बताए, यो रुपियाँ नेपालको परसा जिल्ला अन्तर्गत बीरगंजको ब्रह्म चौकस्थित नोबल ब्यांकबाट लुटेको 1 करोड़ 32 लाख रुपियाँबाट रहेको हो। पुलिसले यिनीहरूको आधारमा 95 हजार नेपाली रुपियाँ तथा हतियार सहित थप एकजना अपराधीलाई पक्राउ गऱ्यो। यी अपराधीहरूको पहिचान झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार एवं दरपा थाना क्षेत्रकी सबिता देवीको रूपमा गरिएको छ। मोतिहारी पुलिसले नेपाल पुलिससित सम्पर्क गरेर कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande