इन्डी गठबन्धनले मानिसहरूलाई भोट जेहादको निम्ति उक्सायो- मोदी
इन्डी गठबन्धनले मानिसहरूलाई भोट जेहादको निम्ति उक्सायो- मोदी


वल्लभविद्यानगर, 02 मई (हि.स.)। प्रधानमन्त्री एवं भाजपाका शीर्ष नेता नरेन्द्र मोदीले बिहिवार आणन्दको वल्लभविद्यानगर स्थित शास्त्री नगरमा चुनावी सभालाई सम्बोधित गरे। उनले कांग्रेस र विपक्षी गठबन्धनमाथि तीखो हमला गरे। गरीबी, मुस्लिम तुष्टिकरण, आरक्षण र संविधानको मामिलामा कांग्रेसलाई घेरे। यस अवसरमा आणन्द लोकसभा सीट, खेड़ा लोकसभा सीट समेत खम्भात विधानसभा सीटको निम्ति भइरहेको उप चुनाउका भाजपा उम्मेदवार उपस्थित रहे।

प्रधानमन्त्री मोदीले कांग्रेसमाथि हमला गर्दै भने, इन्डी गठबन्धनले मानिसहरूलाई भोट जेहादको निम्ति चम्काएको छ। इन्डी गठबन्धनले मुसलमानहरूलाई एकजुट भएर भोट दिनु भनेको छ। लव जेहाद, ल्याण्ड जेहादपछि भोट जेहाद गर्नु भनेको छ। यो जेहाद कसको विरोधमा हुन्छ, तपाई सबैलाई राम्ररी थाहा भएकै कुरा हो। इन्डी गठबन्धऩे लोकतन्त्रको उत्सवमा भोट जेहादको कुरा गरेर लोकतन्त्र र संविधानको अपमान गरेको छ। कांग्रेसको एउटै पनि नेताले यसको विरोध गरेको छैन, उनीहरूले यसको मूक सहमति दिएका छन्। यो भोट जेहाद पनि कांग्रेसको तुष्टिकरणको नीतिलाई अघि बढ़ाउँदछ।

मोदीले भने, वर्ष 1990 अघि कांग्रेसले ओबीसीको निम्ति आएका सबै प्रस्तावहरूलाई खारेज गऱ्यो। ओबीसी समाजले आफ्नो निम्ति ओबीसी आय़ोगलाई संवैधानिक दर्जा दिने माग गऱ्यो तर यो काम वर्ष 2014 पछि नै हुनसक्यो। यसले गर्दा ओबीसी समाज कांग्रेसदेखि टाढ़ा गयो र यी सबै भाजपाको निम्ति अब शक्ति बनिसकेका छन्।

यसैगरी कांग्रेसले आदिवासी समाजको पनि अवहेलना गरेको छ। म कांग्रेसलाई तीन चुनौती दिन्छु। पहिलोः कांग्रेसले देशलाई लिखितमा उसले संविधान बदली गरेर धर्मको आधारमा मुसलमानहरूलाई आरक्षण दिनेछैन भनी गारन्टी दिओस्। देशलाई बाँड्ने काम गर्नेछौं। दोस्रोः कांग्रेसले देशलाई लिखितमा उसले एससी, एसटी र ओबीसीलाई प्राप्त हुने आरक्षणमा चोरी गर्नेछैन भनी गारन्टी दिओस्। उनीहरूको अधिकार खोस्नेछैन, डाका हाल्नेछैन। तेस्रो चुनौतीः जुन जुन राज्यहरूमा कांग्रेस र उसका साथीहरूको राजनीति छ, उनीहरूले भोटब्याङ्कको राजनीति नगरोस्। उसले ओबीसीको कोटा काँटेर मुस्लिमहरूलाई आऱक्षण दिनेछैन।

मोदीले चुनौतीपूर्ण रबैयामा कांग्रेसमाथि तीखो हमला गर्दै भने, टाउकोमा संविधान लिएर नाच्दा कुरा बन्दैन यदि संविधानको निम्ति जिउनु, मर्नु सिक्नु छ भने उनीहरूलाई मोदी कहाँ आउनपर्नेछ। कांग्रेसले देशको संविधानको साथ ना-ना थरीको खेलवाड़ गऱ्यो। सरदार साहब छिट्टै गए यसैले देशलाई ठूलो नोकसान भयो। सरदार साहबको सूपना पूरा गर्नु मेरो मनमा अठोट छ। आजकल कांग्रेसका राजकुमारले निधारमा संविधान राखेर नाचिरहेका छन् तर कांग्रेसले मलाई जवाफ दिओस् कि जुन संविधानलाई आज निधारमा राखेर नाचिरहेका छन् के यस देशमा 75 वर्षसम्म हिन्दुस्तानको सबै हिस्साहरूमा यो संविधान लागू हुन्थ्यो ? मोदी आउनअघि यस देशमा दुई संविधान, दुई झण्डा र दुई प्रधानमन्त्री थिए। कांग्रेसले देशमा संविधान लागू हुन दिएको थिएन। कश्मीरमा हिन्दुस्तानको संविधान लागू हुन्थेन। अनुच्छेद 370 पर्खाल बनेर ख़ड़ा थियो। हामीले 370 हटाएर सरदार साहबलाई सबैभन्दा ठूलो श्रद्धाञ्जली दिएका छौं।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande