प्रधानमन्त्री मोदीले अन्तरराष्ट्रिय जगतमा भारतको शिर माथि गरे- राजनाथ सिंह
प्रधानमन्त्री मोदीले अन्तरराष्ट्रिय जगतमा भारतको शिर माथि गरे- राजनाथ सिंह


पटना, 02 मई (हि.स.)। भाजपाका वरिष्ठ नेता एवं रक्षामन्त्री राजनाथ सिंहले बिहिवार एक चुनावी जनसभामा भाजपा सरकारले देशको प्रभाव बढ़ाएको बताए। अन्तरराष्ट्रिय जगतमा भारतको मस्तक प्रधानमन्त्री नरेन्द्र मोदीले माथि गरेका छन्। आज संसारका मानिसहरूले भारतको कुरा ध्यान लाएर सुन्छन्, उनले भने।

राजनाथ सिंहले सारणबाट भाजपा उम्मेदवार राजीव प्रताप रूड़ीको समर्थनमा आयोजित जनसभामा भने, तपाईले पहिलेका कांग्रेस सरकारहरूलाई देखेका छन्। केवल जम्मू-कश्मीर होइन तर देशको कुनै ना कुनै राज्यमा आतङ्की घटनाहरू हुँदै आइऱहेको थियो तर आज भाजपा सरकारमा आतङ्की घटनाहरू बन्द छ।

उनले मोदी सरकारको कदमको सराहना गरे औं भने, रक्षामन्त्री भएको नाताले तपाईलाई आश्वस्त गर्न चाहन्छु कि देशको सीमाहरू सुरक्षित छन्। आज देशसित त्यो शक्ति छ कि भारतले सीमाको यस पारी पनि मार्नसक्छ र आवश्यकता परेमा सीमा पारी गएर पनि मार्नसक्छ। यो हाम्रो शक्ति हो।

राजीव प्रताप रूड़ीले आफ्नो क्षेत्रमा जमेर सेवा गरेका छन्। रूड़ीले आफ्नो क्षेत्रमा धेरै काम गर्छन्। रूड़ीलाई सबैको भरसक समर्थन प्राप्त हुनुपर्छ। उनी धेरै कुशल पायलट हुन्, आफ्नो प्रतिद्वन्दीलाई हावामै उड़ाउनेछन्। उनी केवल एक सांसद नभएर एक ठूला हस्ति पनि हुन्। यसैले क्षेत्रको विकासको निम्ति अहिलेसम्म तपाईले जिताएका छन् र फेरि अवसर दिनुहोस्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande