सन्त फिलोमिना विद्यालयकी छात्रा लियोम लेन्छो लेप्चाले 90.2 प्रतिशत अङ्क प्राप्त गरेर बनिन् कालेबुङ जिल्ला टपर
सन्त फिलोमिना विद्यालयकी छात्रा लियोम लेन्छो लेप्चाले 90.2 प्रतिशत अङ्क प्राप्त गरेर बनिन् कालेबुङ जिल्ला टपर


कालेबुङ, 02 मई (हि.स.)। कालेबुङको सन्त फिलोमिना विद्यालयकी छात्रा लियोम लेन्छो लेप्चाले यसपालीको माध्यमिक परीक्षामा 90.2 प्रतिशत अङ्क प्राप्त गरेर कालेबुङ जिल्ला टपर बनेकी छन्। सन्त फिलोमिना विद्यालयबाट यसपाली 203 जना माध्यमिक परीक्षा बसेका थिए जसमा 26 जनाले प्रथम दर्जामा, 96 जनाले दोस्रो दर्जामा र 65 जनाले तेस्रो दर्जामा उत्तीर्ण गरेको जानकारी प्राप्त भएको छ।

स्कूलको परिणाम सय प्रतिशत उत्तीर्ण रहेको बताइएको छ। आज माध्यमिक परीक्षाको परिणाम प्राप्त भएपछि विद्यालयको तर्फबाट कालेबुङ जिल्ला टपर हुने विद्यार्थी लियोम लेन्छो लेप्चालाई खदार्पणसहित बधाई दिइएको छ। कालेबुङ जिल्ला टपर बनेकी विद्यार्थी लियोम लेन्छो लेप्चाले आफ्नो सफलतामा ईश्वर, सिस्टर, शिक्षकगण र आफ्ना अभिभावकलाई धन्यवाद दिएकी छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande