शिलङमा दुईवटा पेट्रोल बम हमला
शिलङमा दुईवटा पेट्रोल बम हमला


शिलङ, 02 मई (हि.स.)। मेघालयको राजधानी शिलङमा बिहिवार दुईवटा पेट्रोल बम हमलाको सूचना प्राप्त भएको छ। रिपोर्ट अनुसार, ताजा हमला आज बिहान भयो, जसमा शिलङ सदर पुलिस थाना र रिनजा पुलिस थानालाई निशाना बनाइएको छ।

गत केही दिनमा पेट्रोल बम हमला निकै बढेको छ। पेट्रोल बमले पुलिस थाना, सरकारी सम्पत्ति र वाहनहरूलाई निशाना बनाइएको छ। यी हमलाहरूको सम्बन्धमा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन।

उक्त घटनाभन्दा पहिला केन्च ट्रेसमा मेघालय सरकार निर्माण निगम कार्यालयलाई निशाना बनाइएको थियो। पेट्रोल बमबाट वाहन भाग्यले बाचेको थियो भने सतर्क रात्रि प्रहरीहरूले तत्काल आगो निभाएको थियो।

हमलाको उद्देश्य स्पष्ट हुन सकेको छैन। पुलिस सूत्रहरू अनुसार, तीन गैर आदिवासी मजदूरको हत्याको मामिलामा छात्र संघका सदस्यहरूको पक्राउसॅंग यसको सम्बन्ध हुन सक्ने आशंका छ।

हिन्दुस्थान समाचार


 rajesh pande