राजभवनमा सागा दावा पालन गरियो
राजभवनमा सागा दावा पालन गरियो


गान्तोक, 23 मई (हि.स.)। सागा दावाको शुभ अवसरमा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य एवं प्रथम महिला कुमुद देवीले भगवान बुद्धको पूजा अर्चना गर्दै दीप प्रज्वलन गरे। यस क्रममा भगवान बुद्धको मूर्तिमा पुष्प अर्पित गर्दै राज्यवासीहरू र सम्पूर्ण आत्मीय जनहरूको सुख, समृद्धि र खुशयालीको निम्ति प्रार्थना गरे।

राजभवनले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, पूजा विधि गान्तोकस्थित इञ्चे मठका ठेम्पोलाद्वारा सम्पन्न गरियो। राजभवन परिसरमा आयोजित यस कार्यक्रममा सचिव जेडी भोटियासहित राजभवन परिवारका अन्य अधिकारी र कर्मचारीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande