कांग्रेस एक नम्बरको आदिवासी विरोधी पार्टीः अमित शाह
कांग्रेस एक नम्बरको आदिवासी विरोधी पार्टीः अमित शाह


छोटाउदेपुर, 04 मई (हि.स.)। केन्द्रिय गृह मन्त्री एवं भाजपाका वरिष्ठ नेता अमित शाहले शनिवार छोटाउदेपुर जिल्लाको बोडेलीमा आयोजित चुनावी सभामा आरक्षण र संविधानलाई लिएऱ कांग्रेसको तर्फबाट गरिरहेको दाबीलाई झूठो ठहर गर्दै केन्द्रमा जबसम्म भाजपा सरकार छ, आरक्षणलाई कसैले हात लगाउन सक्दैन भने। कांग्रेस एक नम्बरको आदिवासी विरोधी पार्टी हो, उनले भने।

केन्द्रिय गृहमन्त्री अमित शाहले आदिवासी विकासको निम्ति केन्द्र सरकारको तर्फबाट गरिएका कामहरूमाथि चर्चा गरे। उनले भने, प्रधानमन्त्री मोदीले 10 वर्षभित्र करोड़ौं गरीब मानिसहरूको जीवनमा उज्यालो छर्ने काम गरेका छऩ्। बाबा साहब अम्बेडकरले संविधानमा लेखेका थिए, आदिवासीहरूको जति जनसंख्या छ, बजेटमा उनीहरूलाई त्यही अनुपातमा हिस्सेदारी दिनुपर्छ। भारतको संविधान लागू भएपछि सर्वप्रथम नरेन्द्र मोदीले गुजरातको बजेटको 14 प्रतिशत आदिवासी जनतालाई समर्पित गरे। कांग्रेस एक नम्बरको आदिवासी विरोधी पार्टी हो। यिनीहरूको समयमा आदिवासी मन्त्रालय पनि थिएऩ। अटल बिहारी सरकारले पहिलो पल्ट 1999 मा छुट्टै आदिवासी विभागको मन्त्रालय बनायो।

कांग्रेसको तुष्टिकरण नीतिमाथि हमला गर्दै अमित शाहले भऩे, कर्नाटकमा कांग्रेसको सरकार बन्दा उसले 5 प्रतिशत आरक्षण मुसलमानहरूलाई दियो। यसको अर्थ हो ओबीसी समाजको 5 प्रतिशत आरक्षण खोसियो। आरक्षण त कांग्रेसले खोसिरहेछ र नाम भाजपाको आइरहेछ।

कांग्रेसका राष्ट्रिय़ अध्य़क्ष मल्लिकार्जुन खड़गेको कुराको उल्लेख गर्दै शाहले भऩे, उनी भन्छन्, गुजरात र राजस्थानको जनतालाई कश्मीरसित के सरोकार। गुजरातको एक-एक व्यक्ति कश्मीरको निम्ति ज्यान दिन तयार छ। राहुल गान्धीले संसदमा अनुच्छेद 370 हटाउनुको विरोध गर्थे र भन्थे, यसलाई हटाउँदा पूरा देशमा रगतको नदी बग्नेछ। यो कानून हट्यो पनि रगतको नदीको कुरा छोड़ौं कसैले एउटा ढुंगा पनि फ्याँक्ने आँट गरेन, यो भाजपाको शक्ति हो। कांग्रेसले राहुल गान्धीको नेतृत्वमा चुनाउ लड़िरहेछ, अमेठी छोड़ेर उनी रायबरेली गएका छऩ्। वस्तुतः समस्या सीटमा नभएर उनमा छ। रायबरेलीबाट राहुल गान्धी प्रचन्ड बहुमतले हार्नेछन्, चाहे उनी जहाँपनि भागुन्, जनताले उनलाई खोजिरहेछ।

यसअघि गृहमन्त्रीले जयश्री रामको साथ सभाको शुरूआत गरे। भगवान स्वामीनारायण र हाफेश्वरबाबालाई प्रणाम गरे। उनले छोटाउदेपुरबाट भाजपा उम्मेदवार जशुभाई राठवालाई जिताउने अपील गरे।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande