धर्मशाला पुग्यो आईपीएलको ट्रफी
धर्मशाला पुग्यो आईपीएलको ट्रफी


धर्मशाला, 04 मई (हि.स.)। 17औं सीजन अन्तर्गत टाटा आईपीएल 24 को चम्किलो ट्रफी पहाडी राज्य हिमाचल प्रदेशको अन्तरराष्ट्रिय क्रिकेट स्टेडियम धर्मशाला पुगेको छ। धर्मशालामा पंजाब किङ्ग्स र सीएसकेबिच हुने स्पर्धामा उक्त ट्रफी स्टेडियममा प्रदर्शित गरिने छ।

यस अघि धर्मशालाको प्रसिद्ध पर्यटक स्थल मेकलोडगंज, खनियाराको खडौता र अन्य स्थालहरूमा आयोजकको तर्फबाट ट्रफीको फोटोशूट र भिडियो तयार गरिने छ, जसको प्रसारण पनि विभिन्न क्षेत्रहरूमा गरिने छ।

पंजाब किङ्गसको उदीयमान स्टार खेलाडी शशांकले एकपल्ट फेरि दर्शकहरूको मन जितेका छन्। अभ्यास अवधि स्टेडियममा पुगेका केही दर्शकहरूलाई उनले पानीको बोतल प्रदान गरे। उक्त भिडियो सोशियल मिडियामा निकै भाइरल भइरहेको छ।

हिन्दुस्थान समाचार


 rajesh pande