यूट्यूबर एल्विश य़ादव विरूद्ध ईडीले दर्ता गऱ्यो मनी लन्ड्रिङको केस
यूट्यूबर एल्विश य़ादव विरूद्ध ईडीले दर्ता गऱ्यो मनी लन्ड्रिङको केस


गौतमबुद्ध नगर, 04 मई (हि.स.)। चर्चित यूट्यूबर एल्विश यादवको समस्याहरू बढ्दै गइऱहेछ। प्रवर्तन निदेशालय (ईडी) ले एल्विश यादव विरूद्ध प्रिवेन्शन अफ मनी लन्ड्रिङ एक्ट अन्तर्गत मामिला दर्ता गरेको छ। मनी लन्ड्रिङको यो मामिला विभिन्न रेव पार्टीहरूमा साँपहरूको विष सप्लाई गर्नुसित जोड़िएको छ।

यस मामिलामा एल्विशलाई 22 मार्चमा गौतमबुद्ध नगर जिल्लाको सूरजपुरको अदालतबाट जमानत दिइएको थियो। यसअघि नोएडा पुलिसले यस केसमा कोर्टमा 1200 पृष्ठको चार्जशीट दर्ता गरेको थियो। सूत्रहरू अऩुसार, अब यस मामिलामा लखनऊस्थित ईडीको जोनल कार्यालयको टीमले जाँच शुरू गरेको छ। छिट्टै नै एल्विशलाई सोधपुछको निम्ति नोटिस पठाइनेछ। यस मामिलामा एल्विशसित जोड़िएका अन्यहरूलाई पनि जाँचको परिधिमा ल्याइनेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande