पछौटे र दलितहरूको आरक्षण कुनैपनि मूल्यमा खोस्न दिनेछैनौं- मोदी
पछौटे र दलितहरूको आरक्षण कुनैपनि मूल्यमा खोस्न दिनेछैनौं- मोदी


पलामू, 04 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानमाथि कुनैपनि संकट आउन नदिने बताएका छन्। उनी अनुसार, पछौटे र दलितहरूको आरक्षणलाई कुनैपनि मूल्यमा खोस्न दिनेछैनौं। प्रधानमन्त्रीले जनसभामा एकत्र भीड़लाई देखेर भने, तपाईहरूले जेएमएम-कांग्रेसलाई दिनमै तारा देखाए। साथै तपाईहरूले उनीहरूलाई भोटको शक्ति के हुन्छ बताए। उनले शनिवार राज्यको पलामू मुख्यालय डालटनगंजको चियांकी हवाई अड्डामा चुनावी जनसभालाई सम्बोधित गरिरहेका थिए।

उनले भने, तपाईको एक भोटले 500 वर्षपछि राम मन्दिर बन्यो। जम्मू-कश्मीरमा तपाईको एक भोटले 370 हट्यो। नक्सलवाद समाप्त भयो। यसैगरी एक भोटले 2014 मा महाभ्रष्ट कांग्रेस सरकारलाई पराजित गऱ्यो। तपाईले आफ्नो एक भोटको शक्तिलाई बुझ्नुहोस् र सदैव देशहितको सोच राख्ने पार्टीकै समर्थन गर्नुहोस्। उनले 13 मईमा पहिले मतदान र पछि जलपान भने। यो पनि भने कि गर्मी जतिनै होस् तपाई भोट दिन घरबाट अवश्य बाहिर निस्किनुहोस्। घर-घर जानुहोस् र मतदाताहरूसित भेट्नुहोस्। यस दिन आफ्नो बूथ जित्नुहोस्। स-सानो यात्रा निकालेर उत्सव सरह मतदान केन्द्रसम्म जानुहोस् तब सशक्त लोकतन्त्र कायम रहन्छ। पहिले पाकिस्तानले आतङ्क मचाएको थियो तर आजको नयाँ भारतले भित्र पसेर मार्छ। पहिले झारखण्ड-बिहारका नौजवान सदैव शहीद हुनेगर्थे। आतङ्कवादको डरले कांग्रेस सरकार संसारमा गएर रुनेगर्थ्यो। आज पाकिस्तान पूरा संसारमा गएर रोइरहेछ। आज पाकिस्तानले कांग्रेसको राजकुमार प्रधानमन्त्री बनोस् भऩेर प्रार्थना गरिरहेछ तर पूरा भारतले बलियो सरकार बनोस् र मोदी सरकार बनोस् भन्ने चाहन्छ।

पीएम मोदीले भने, कांग्रेसका राजकुमारले भन्छन्, उनले आफ्नो घरमा धेरै प्रधानमन्त्रीहरू देखे। उनी चाँदीको चम्ची लिएर जन्मेका हुन्। दलित, आदिवासीको साथ फोटो खिच्छन् र उनीहरूको खिल्ली उड़ाउछन्। कांग्रेसले मोदीको आसुमा अवसर खोज्छ। भन्छ, मोदीको आँखामा आसु सुहाउँछ। पलामूलाई पछौटे भनेर कुनै अधिकारी यहाँ आउन चाहन्थेन। कांग्रेस सरकारले यस जिल्लालाई हीन भावनाले हेर्नेगर्थ्यो तर हामीले पलामूलाई आकांक्षी जिल्ला बनाएऱ विकासको मुख्य धारामा ल्याएर खड़ा गऱ्यौं। पहिले 100 मा 14 यस्ता मानिसहरू थिए, जससित पक्का घर थिएन। आज लगभग सबैसित पक्का घर छ। यदि कोही कच्चा घरमा बसिरहेका छऩ् भने उनीहरूको नाम र ठेगाना लेखेर पठाउनुहोस्। तेस्रो कार्यकालमा पक्का घऱ बनाइनेछ। यसको गारन्टी तपाईले लिनुहोस्। तपाई सबैमा मोदी छ।

कांग्रेसले दलित, पछौटे एवं आदिवासीहरूको आरक्षण मुसलमानहरूलाई दिन चाहन्छ। जबसम्म मोदी जिउँदो छ तबसम्म धर्मको आधारमा आऱक्षण दिइनेछैन। आरक्षणलाई हामी खोसिन दिनेछैनौं। संविधानसित छोड़छाड़ गरेर परिवर्तन गर्न दिनेछैनौं। म पहिलो प्रधानमन्त्री हुँ जो भगवान बिरसा मुन्डाको जन्मस्थली गए। वर्ष 2025 मा बिरसा मुन्डाको 150औं जयन्ती हिन्दुस्तानको हरेक कुनामा जनजातिय गौरव वर्षको रूपमा मनाइनेछ। झारखण्डमा भाजपा-आजसूसित मिलेर पूरा शक्तिको साथ लोकसभा चुनाउ लड़िरहेछ। पलामूबाट विष्णु दयाल उम्मेदवार हुन्। 13 मईमा उनलाई जिताउने एवं केन्द्रमा मोदीको तेस्रो सरकार बनाउन भाजपालाई भोट दिनुहोस्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande