यस वर्षको बाबा बर्फानीको पहिलो फोटो जारी, यात्राको तयारीहरू चरममा
यस वर्षको बाबा बर्फानीको पहिलो फोटो जारी, यात्राको तयारीहरू चरममा


जम्मू, 05 मई (हि.स.)। जम्मू-कश्मीर प्रशासनले आइतवार बाबा बर्फानी धामको यस वर्षको पहिलो फोटो जारी गरेको छ। श्री अमरनाथको पवित्र गुफामा बाबा बर्फानी हिमशिवलिङको रूपमा विराजमान भइसकेका छऩ् र गुफाका चारैतिर हिउँ जमा भएको छ। यस पाली यात्रा 29 जूनदेखि शुरू भइऱहेछ। बाबा बर्फानीको यस वर्ष यात्रालाई लिएर प्रशान पूर्ण रूपमा सक्रिय छ। श्रद्धालुहरूको सुविधा र सुरक्षालाई ध्यानमा राखेर हरेक प्रकारको व्यवस्था गरिन्दैछ। यात्रा मार्गलाई सुचारू बनाउन कार्य जारी छ।

यस वर्षको यात्राको निम्ति 20 दिनमा 2.38 लाख शिवभक्तहरूले अफलाइन र अनलाइन अग्रिम यात्री पंजीकरण गराएका छन्। अर्कोतिर, पारम्परिक पहलगाम मार्गमा हिउँ हटाउने काम पनि जारी छ। यात्रा सम्बन्धी महत्वपूर्ण कार्य़हरूका लागि निविदाहरू जारी गरिएको छ, जसमा मईको मध्य र अन्तिम हप्तामा युद्धस्तरमा काम शुरू गराइनेछ। तीर्थयात्रीहरूको सुचारू आवाजाही सुनिश्चित गर्नका लागि कड़ा सुरक्षा र यातायात प्रबन्धनलाई बलियो बनाइँदैछ।

जिल्ला उपायुक्त सचिन कुमार वैश्यले अधिकारीहरूको साथ जम्मूमा स्थित यात्री निवास भगवती नगरको भ्रमण पनि गरेका छऩ्। उनले मुख्य चिकित्सा अधिकारी जम्मूलाई सबै उचित स्वास्थ्य सुविधाहरू स्थापित गर्नु भनेका छन्। उनले यात्री भवनमा यात्रीहरूलाई मार्गदर्शन र महत्वपूर्ण जानकारी प्रदान गर्न सार्वजनिक सम्बोधन प्रणाली र समयमा घोषणाहरू सहित बलियो संचार प्रणाली स्थापित गर्नु भनेका छन्।

यस पाली यात्रीहरूको संख्या बढ्ने सम्भावनाको मध्यनजर उनीहरूलाई आपात स्थितिमा बस्ने उचित व्यवस्था गरिन्दैछ। यसको निम्ति जम्मू, रामबन र श्रीनगरमा यात्री निवासको विस्तार गरिन्दैछ। यसका साथै सामाजिक र धार्मिक भवनहरूमा पनि यात्रीहरू बस्ने सुविधाहरूको जाँच गरिन्दैछ। अग्रिम यात्री पंजीकरणको निम्ति अनिवार्य स्वास्थ्य प्रमाणपत्र बनाउनु अधिकृत अस्पतालहरूमा श्रद्धालुहरूको भीड़ पुगिरहेछ। यात्री निवास भगवती नगरमा अर्धसैनिक बलहरूका लागि बंकर आधिको निर्माण पनि गरिनेछ।

श्री अमरनाथ श्राइन बोर्डको तर्फबाट शीघ्र हेलिकप्टर सेवाको निम्ति अनलाइन बुकिङ सेवा शुरू गरिनेछ। यसका साथै यात्री निवासका हलहरू, लंगर स्थल आदिमा रंग पोत्ने, बिजुली, पानी सहित अन्य मरम्मती कार्य छिट्टै शुरू गरिनेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande