मानव उत्थान सेवा समितिको सभामा नव नियुक्त प्रभारी महात्मा दिपीका बाईजीलाई स्वागत
Manav uthan seva samiti-siliguri 


सोनादा, 05 मई (हि.स.)। मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र सिलगढीको एक महत्वपूर्ण सभा हंसबेला आश्रम सिलगढीको सत्संग हलमा महात्मा अदिना बाईजीको अध्यक्षतामा सम्पन्न भयो। सभामा मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र सिलगढीकी प्रभारीको रुपमा नवनियुक्ति भएर आएकी महात्मा दीपिका बाईजीलाई स्वागत जनाइयो।

यसको साथै महात्मा अदिना बाईजी जसले बितेका तीन वर्षभन्दा अधिक समयदेखि आजसम्म उत्तर पूर्वाञ्चल क्षेत्र सिलगढीकी प्रभारीको रुपमा रहेर अब मानव उत्थान सेवा समिति नागाल्याण्ड राज्यमा समितिको प्रभारीको रुपमा स्थानान्तरण भई जानुपर्ने भएकोले समितिको तर्फबाट सभामा महात्मा अदिना बाईजीले तीन - चार वर्षको अवधिमा उत्तर पूर्वाञ्चल क्षेत्रमा प्रभारीको रुपमा पुराएका योगदानहरूको मूल्याङ्कन गरी सम्मान जनाएका थिए। नव नियुक्त प्रभारी महात्मा दीपीका बाईजी, बिदायी प्रभारी महात्मा अदिना बाईजी दुवैलाई उपस्थित सबैले माल्यार्पण गरी स्वागत जनाए।

साढे तीन वर्षको अवधिमा उत्तर पूर्वाञ्चल क्षेत्रका प्रभारीको रुपमा महात्मा अदिना बाईजीले दिनुभएको अतुलनीय योगदानको बारेमा मानव सेवा दलका उप प्रान्तपाल बाबुल मिजार, प्रान्तपाल भीमप्रकाश राई, समितिको मूल सचिव प्रकाश हाङखिम, प्रमुख सल्लाहकार गिरीशचन्द्र राई आदिले चर्चा गरेका थिए। महात्मा अदिना बाईजी र महात्मा दीपीका बाईजीले सबैलाई गुरु महाराजजीको आज्ञामा रहेर निष्ठापूर्वक सेवा गर्ने अनि ध्यान सुमिरणमा मन लगाउने आह्वान गरिन्।

प्रकाश हाङखिमले समितिको भावी साङ्गठनिक प्रारुपहरुबारे अनि भीमप्रकाश राईले समितिको आय- व्यय बारेमा जानकारी दिएका थिए। समितिका सह सचिव चन्दन लकान्द्रीद्वारा सञ्चालित उक्त सभामा समितिका उत्तर पूर्वाञ्चल क्षेत्र( दार्जीलिङ- पहाड, तराई-डुवर्स, सिक्किम, भोटाङ) का सम्पूर्ण तहसील प्रभारी सन्त महात्मागण बाईजीहरू लगायत समितिको तहसील, जिल्ला, क्षेत्रीय समिति, सेवा दलका खण्ड, तहसील, जिल्ला, मण्डल र प्रान्त स्तरसम्मका कार्यकर्ताहरू विशेष रुपमा उपस्थित थिए।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande