नर्समाथि भएको दुर्व्यवहारको अनित थापाद्वारा भर्त्सना
नर्समाथि भएको दुर्व्यवहारको अनित थापाद्वारा भर्त्सना


दार्जीलिङ, 05 मई (हि.स.)। कुचबिहारको एमजेएन मेडिकल कलेज अनि हस्पिटलमा कालेबुङ निवासी नर्समाथि मेडिकल अफिसरले गरेको दुर्व्यवहारको जीटीए प्रमुख कार्यपाल अनित थापाले घोर भत्सर्ना जनाएका छन्।

उक्त घटना विषयमा प्रेस विज्ञप्ति जारी गर्दै जीटीए प्रमुख अनित थापाले भनेका छन्, 'यस घटनामाथि निष्पक्ष छानबीन हुनुपर्छ अनि पीडितले न्याय पाएको हुनुपर्छ। नारीको सुरक्षा अनि गरिमा कुनै पनि कार्यालयको प्रथम प्राथमिकता रहेको हुनुपर्छ।'

उनले भनेका छन्, 'मैले स्वास्थ्य अनि परिवार कल्याण विभागका मुख्य सचिवलाई यस विषयमा पत्राचार गरेको छु।'

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande