बांद्रामा जाली नोट छापिएको खुलासा, दुई पक्राउ
बांद्रामा जाली नोट छापिएको खुलासा, दुई पक्राउ


मुम्बई, 05 मई (हि.स.)। मुम्बई पुलिसले बांद्रा-कुर्ला कम्प्लेक्सस्थित भारत नगर क्षेत्रमा जाली नोट छाप्ने गोरखधंधाको खुलासा भएको छ। पुलिसले शनिवार राति छापा मारेर दुई जनालाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिहरूबाट 100, 200, 500 रूपियॉंको जाली नोट बरादम गरिएका छन्। यस मामिलाको गहन जॉंच मुम्बई पुलिसले गरिरहेको छ।

मुम्बई पुलिसको बीकेसीको भारत नगर क्षेत्रमा जाली नोट छापिरहेको गुप्त सूचना प्राप्त भएको थियो। जानकारीको आधारमा पुलिसले शनिवार अबेर राति भारत नगरमा छापा माऱ्यो र जाली नोट छाप्न प्रयोग गरिने कम्प्यूटर र प्रिन्टर जफत गरेको छ। पुलिसले यहॉंबाट नौशाद शाह र अली सैयदलाई पक्राउ गरेको छ। उनीहरूबाट 100, 200 500 रूपियॉंको जाली नोट बरामद गरिएका छन्।

पुलिसले दुवै आरोपीसॅंग गहन सोधपुछ गरिरहेको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande