नोकरीको प्रलोभनमा महिला भइन् ठगीको शिकार, आठ लाख गुमाइन्
नोकरीको प्रलोभनमा महिला भइन् ठगीको शिकार, आठ लाख गुमाइन्


हरिद्वार, 05 मई (हि.स.)। एक महिलाबाट वर्क फ्रम होमको नाममा 8 लाख 20 हजार रुपियाँ ठगिएको छ। ठगिएको थाहा लागेपछि पीड़ित महिलाले आफ्ना पतिसित पुलिस स्टेशनमा पुगेर अज्ञातविरूद्ध मुद्दा दर्ता गराएकी छन्। पुलिसले यस मामिलालाई जाँचको लागि हरिद्वार साइबर सेललाई सुम्पिएको छ।

पीड़ित महिलाका पति राजेश कुमार सिंह, निवासी सिभिल लाइन कोतवाली दुर्गा कलोनी रूड़कीले कोतवालीमा पुगेर पुलिसलाई बताए, केही दिनपूर्व उनको पत्नीलाई एउटा नम्बरबाट फोन कल आएको थियो। कल गर्न व्यक्तिले पत्नीलाई वर्क फ्रम होमको अफर दिँदै बतायो, काम गरेको सट्टामा कम्पनीको तर्फबाट उनलाई मुनाफा सहित वेतन पनि दिनेछ। पत्नी काम गर्न तयार भइन्। त्यसपछि पत्नीलाई एक टेलीफोन ग्रुपसित जोड़ियो। यस ग्रुपमा धेरैजना सदस्यहरू पहिलाबाटै जोड़िसकेका थिए। त्यसपछि पत्नीको मोबाइल नम्बरलाई थप पाँचवटा ग्रुपमा जोड़ियो। यी ग्रुपहरूमा वर्क फ्रम होमको काम बताइयो।

राजेश कुमार सिंहको आरोप छ, यसबीच उनकी पत्नीलाई केही आवश्यक कागजी कारबाही पूरा गर्नको लागि कागजपत्रहरू मागियो। यस अतिरिक्त शुल्क पनि जम्मा गर्न भनियो। कल गर्ने व्यक्तिले उनकी पत्नीलाई छक्याएर अलग-अलग खाताहरूमा एकदेखि दुई मईबीच 8 लाख 20 हजार रुपियाँ रकम जमा गरायो। रुपियाँ जमा भएपछि व्यक्तिले ग्रुप नै बन्द गरिदियो। यतिमात्र नभएर उसको नम्बर पनि बन्द आउन थाल्यो। त्यसपछि मात्र महिलालाई आफू ठगीको शिकार भइसकेको महसूस भयो।

सिलिल लाइन कोतवाली प्रभारी निरीक्षक आरके सकलानीले बताए, पीड़ितको सिकायतको आधारमा मामिला दर्ता गरिएको छ। जाँचको निम्ति मामिलालाई हरिद्वार साइबर सेलमा पठाइएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande