मणिपुर पुलिसले 160 जनालाई लियो हिरासतमा
मणिपुर पुलिसले 160 जनालाई लियो हिरासतमा


इम्फाल, 05 मई (हि.स.)। मणिपुर पुलिसले राज्यको विभिन्न जिल्लाका संवेदनशील तथा दुर्गम क्षेत्रहरूमा सघन छापामारी तथा खोजी अभियान चलायो। अभियान अवधि भारतीय दण्ड संहिताको भिन्न-भिन्नै धाराहरूको उल्लंघनका कारण 160 जनालाई हिरासतमा लिइयो।

पुलिसले आज बताए अनुसार, आवश्यक वस्तुहरूको साथमा राष्ट्रिय राजमार्ग संख्या 37 मा 210 तथा राष्ट्रिय राजमार्ग संख्या 2 मा 403 वाहनहरूको आवागमन सुनिश्चित गरियो। वाहनहरूको स्वतन्त्र र सुरक्षित आवागमन सुनिश्चित गर्नका लागि सबै संवेदनशील स्थानहरूमा कड़ा सुरक्षा उपाय गरिएका छन्।

संवेदनशील क्षेत्रहरूमा सुरक्षाबलहरू व्यापक रूपमा तैनात गरिएको छ। पुलिस अनुसार, पहाड़ र घाटी दुवै ठाउॅंका विभिन्न जिल्लामा 129 नाका र जॉंच चौकीहरू स्थापित गरिएका छन्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande