प्रधानमन्त्री मोदीमाथि राहुल गॉंधीको आपत्तिजनक टिप्पणीले बंगालका बुद्धिजीवीहरू आक्रोशित
प्रधानमन्त्री मोदीमाथि राहुल गॉंधीको आपत्तिजनक टिप्पणीले बंगालका बुद्धिजीवीहरू आक्रोशित


कोलकाता, 05 मई (हि.स.)। लोकसभा चुनाउ 2024 को हलचलबिच कांग्रेस नेता राहुल गॉंधीको पीएम नरेन्द्र मोदीमाथि आपत्तिजनक टिप्पणीलाई लिएर पश्चिम बंगालका बुद्धिजीवीहरूको एक वर्गले आक्रोश व्यक्त गरेका छन्। राहुल गॉंधीले भनेका थिए, पीएम मोदी कहिले पाकिस्तानको कुरा गर्छन् त कहिले समुद्रभित्र पसेर नाटक गर्छन्। उनी डराउॅंछन्।

वास्तवमा पीएम मोदीले समुद्रभित्र पसेर द्वारिकाको दर्शन गरेको थियो, जसलाई राहुल गॉंधीले ड्रामा ठहर गरेका थिए। यस विषयमा प्रदेश भाजपा प्रवक्ता सुदीप्त गुहाले हिन्दुस्थान समाचारलाई भने, 'नरेन्द्र मोदीले गत 10 वर्षमा भारतलाई जहॉं पुऱ्याएका छन्, त्यहॉं भारत र पाकिस्तानबिच कुनै तुलना छैन। त्यसरी नै भारतीय राजनीतिमा मोदी र राहुलबिच कुनै तुलना छैन।'

उनले भने, 'जवाहरलाल नेहरू र इन्दिरा गॉंधीले शुरूदेखि हिन्दू धर्मको विरोध गरे। स्वतन्त्रतापछि नेहरूले सोमनाथ मन्दिरको पुनर्निर्माण प्रस्तावको समर्थन गरेनन्। पुजारीहरूले इन्दिरा गॉंधीलाई पुरी मन्दिरमा प्रवेश गर्न दिएनन्। शाहबानो केस र रामन्दिरमा राजीव गॉंधीको भूमिकाको बारेमा सबैलाई थाहा छ। सोही क्रममा राहुलीको टिप्पणी उनको हताशाको अभिव्यक्ति हो।'

राहुलको टिप्पणीमाथि प्रक्रिया व्यक्त गर्दै राज्य भाजपाका एक अन्य प्रवक्ता एवं कलेजका प्राचार्य डज्ञ. पंजक रायले भने, 'श्रीकृष्णको राजधानी द्वारका थियो। यस कारण उनलाई द्वारकाशीष वा द्वारकेश्वर पनि भनिन्छ। भागवत पुरामा द्वारकाको उल्लेख एक प्राचीन साम्राज्यको रूपमा गरिएको छ। लगभग 200 वर्ष ईसा पूर्वको यस शहरलाई 1473 मा गजनीको सुल्तान मामूदले नष्ट गरिदिएको थियो। यस अघि 18औं शताब्दीमा आदि शंकराचार्यले सनातन धर्मको एकरूपताको निम्ति चार धाम मध्ये एकको रूपमा द्वारकाको उल्लेख गरेको थियो। प्रधानमन्त्री त्यस द्वारिकामा पूजा गर्न गएका थिए। यसमाथि पनि प्रश्न उठाउनु भन्दा ठूलो बिडम्बना अरू केही हुन सक्दैन। के प्रधानमन्त्रीलाई पूजा गर्ने अधिकार छैन?'

पश्चिम बंगाल प्रदेश भाजपाका पूर्व अध्यक्ष, केन्द्रिय समितिका पूर्व सदस्य एवं राजनीति विज्ञानका प्रोफेसर असीम घोषले पनि राहुल गॉंधीको बयानप्रति आक्रोश व्यक्त गरे। उनले भने, 'मानिसहरूलाई इतिहासका धेरै पात्रहरूको प्रमाणिकतामाथि सन्देह छ, तर मानिसहरूको मान्यताहरूलाई कसरी अदेखा गर्ने? के राजनीतिक हमलाको निशाना केवल राम, कृष्ण, द्वारिका मात्र हुन्? राहुल गॉंधी मात्र किन, मानिसहरूको आस्थालाई यसरी चोट पुऱ्याउने अधिकार कसैलाई छैन।'

उल्लेखनीय छ, राहुल गॉंधीको यस्तो टिप्पणीलाई लिएर प्रत्यक्ष रूपमा पीएम मोदीले पनि आक्रोश व्यक्त गरे थिए। 19 अप्रेलमा एक चुनावी जनसभालाई सम्बोधित गर्दै पीएम मोदीले भनेका थिए, 'राजकुमारले समुद्रभित्र द्वारिका दर्शनलाई ड्रामा बताएका छन्। यीनीहरूले हाम्रो हजारौं सालको संस्कृति र आस्थाको अपमान केवल आफ्नो भोट ब्या्ङ्कको निम्ति गर्छन्।'

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande