समाजसेवी बिक्रम राई पद्मश्री अवार्डका हकदार: प्रिया भट्टाचार्य
समाजसेवी बिक्रम राई पद्मश्री अवार्डका हकदार: प्रिया भट्टाचार्य


खरसाङ, 05 मई (हि.स.)। एकता कपुरका थुप्रै हिन्दी सिरियलमा आफ्नो स्वर दिइसकेकी गायिका प्रिया भट्टचार्य हाल सिटोङ भ्रमणमा रहेकी छन्। उनी ग्रामीण पर्यटकीय क्षेत्र सिटोङ एकको घलेटारस्थित समाजसेवी एवं पर्यटन व्यवसायी बिक्रम राईको होम स्टेमा बसेकी छन्। हिन्दी फिल्म जुदाई श्रीदेबीको निम्ति गीत गाएर आफ्नो फिल्मी करियर शुरुआत गरेकी लोकप्रिय गायिका प्रिया भट्टचार्यले धेरै हिन्दी फिल्मसितै एकता कपुरको टीभी सिरियल 'कसौटी जिन्दगी की' देखि लिएर प्रायः जसो सिरियल र फिल्ममा तीसभन्दा धेरै भाषाहरूमा गीतहरू गाइसकेकी छन्।

यसैगरी, आगामी दिनमा बिक्रम राईको जिवनीमाथि लेखिरहेको गीतमा आफ्नो स्वर दिने पनि घोषणा गरेकी छन्। उनले बिक्रम राई जस्ता व्यक्तिलाई भारत सरकारले पद्मश्री अवार्डद्वारा सम्मान जनाउनु पर्नै आफ्नो विचार पनि राखेकी छन्। शनिवार सिटोङको विशेष होमस्टेमा आइपुगेकी गायिका भट्टचार्यले सामजसेवी एवं पर्यटन व्यवसायी बिक्रम राईको समाजप्रतिको योगदान अनि काम देखेर प्रशंसा गरिन्।

उनले भनिन्, अहिलेको समयमा पनि बिक्रम राई जस्तो व्यक्ति पाउनु हाम्रो निम्ति ठूलो सौभाग्य हो। उनले गरीब परिवार र बिरामीहरुको जुन सेवा गरिरहेका छन् त्यो अति नै अतुलनीय र सराहनीय छ। उनले बिक्रम राई जस्ता व्यक्ति पद्मश्रीको हकदार रहेको पनि बताइन्। गायिका प्रिया भट्टचार्यले स्थानीय कलाकार र गाउँलेहरुलाई कसौटी जिन्दगीकी र अन्य थुप्रै आफुले गाएका गीतहरु प्रस्तुत गरेर मन्त्रमुग्ध पारेकी थिइन्।

हिन्दी सांगीतिक जगतकी ख्यातिप्राप्त गायिका प्रिया भट्टचार्यले आफ्नो निम्ति पद्मश्री पुरस्कारको वकालत गरेकोमा हर्ष व्यक्त गर्दै बिक्रम राईले यसलाई आफ्नो अनि गोर्खा जातिकै निम्ति गौरवको विषय बताए। स्मरण रहोस्, सिटोङका समाजसेवी बिक्रम राईले धेरै सालदेखि बिरामी अनि गरीब परिवारलाई सहयोग गर्दै आएका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande