कांग्रेस मीडिया विभागकी राधिका खेड़ाले राजीनामा दिइन्
कांग्रेस मीडिया विभागकी राधिका खेड़ाले राजीनामा दिइन्


नयाँ दिल्ली, 05 मई (हि.स.)। कांग्रेस नेता राधिका खेड़ाले आज पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिइन्। खेड़ाले आरोप लगाइन्, राम मन्दिरको दर्शनपछि उनीसित अभद्रता भयो। उनी केटी हुन् र उनी लड्न सक्छिन् यसैले उनले राजीनामा दिइरहेकी छन्।

राधिका खेड़ाले सोशल मीडियामा पोस्टमा लेखिन्, आज अत्यन्त पाड़ीको साथ पार्टीको प्राथमिकता सदस्यता त्यागिरहेछु र आफ्नो पदबाट राजीनामा दिइरहेकी छु। म एक केटी हुँ र लड्नसक्छु र अब म त्यही गरिरहेछु। आफ्नो र देशवासीहरूको न्यायको निम्ति म निरन्तर लड़िरहनेछु।

आफ्नो पत्रमा उनले लेखिन्, गत 22 वर्षदेखि कांग्रेसमा ईमानदारीले काम गरिरहेकी छु। मलाई केवल राम मन्दिरको दर्शनको निम्ति जाँदा विरोधको सामना गर्नुपरिरहेछ। यो विरोध यति बढ्यो कि छत्तीसगढ़ कार्यालयमा मसित भएको घटनाक्रममा मैले पार्टी नेतृत्वबाट न्याय पाइन। प्रभु श्री राम भक्त र महिला भएको नाताले मैले न्याय पाइन।

चार दिनअघि एक ट्वीटमा खेड़ाले लेखेकी थिइन्, कौशल्या माताको माइतामा छोरी सुरक्षित छैन। पुरूषवादी मानसिकताले ग्रसित मानिसहरूले आजपनि छोरीहरूलाई खुट्टाले कुल्चिनु चाँहिरहेका छऩ्। खुलासा गर्नेछु।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande