राजस्थान: दिल्ली-मुम्बई एक्सप्रेस वे दुर्घटनामा 6 जनाको मृत्यु
राजस्थान: दिल्ली-मुम्बई एक्सप्रेस वे दुर्घटनामा 6 जनाको मृत्यु


सवाईमाधोपुर, 05 मई (हि.स.)। सवाईमाधोपुर जिल्लाको बौंली थाना क्षेत्रमा दिल्ली-मुम्बई एक्सप्रेस वेमा आइतवार बिहान भएको दुर्घटनामा 6 जनाको मृत्यु भएको छ। मृतकहरूमा तीन महिला र तीन पुरुष सामेल छन्। दुर्घटनामा दुई नानी पनि घाइते भएका छन्। कारमा यात्रा गरिरहेका सबै एकै परिवारका सदस्य थिए।

पुलिस अनुसार, सीकरबाट एक परिवार कारमा रणथंभौरस्थित त्रिनेत्र गणेश मन्दिर दर्शन गर्न गइरहेको थियो। यस अवधि आइतवार बिहान 8 बजी बौंली थाना क्षेत्रमा बनास छेउ दुर्घटना भयो। कारलाई कुन वाहनले हिर्काएको थियो भन्ने स्पष्ट हुन सकेको छैन।

बौंली थाना अधिकारी धर्मपाल अनुसार, दुर्घटनमा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। शवहरू वाहनबाट बाहिर निकाल्न धेरै कसरत गर्नु परेको थियो। प्रारम्भिक जानकारी अनुसार मृतकहरूमा अनीता, सन्तोष, कैलाश, पूनम, मनीष र सतीश शर्मा सामेल छन्। यद्यपि, मृतकहरूको आधिकारिक पुष्टि परिजन घटनास्थलमा पुगेपछि हुनेछ।

घाइतेहरूलाई बौंलीको सामुदायिक स्वास्थ्य केन्द्रमा भर्ती गरिएको थियो, जहॉंबाट उनीहरूलाई जयपुर रेफर गरिएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande