त्रिपुरामा दुई भिन्न-भिन्नै ठाउॅंबाट 16 अवैध बांग्लादेशी पक्राउ
त्रिपुरामा दुई भिन्न-भिन्नै ठाउॅंबाट 16 अवैध बांग्लादेशी पक्राउ


अगरतला , 05 मई (हि.स.)। त्रिपुराको धलाई जिल्लाबाट 16 बांग्लादेशी नागरिकलाई पक्राउ गरिएको छ। उनीहरूसॅंगै तीनजना नानीलाई पनि पक्राउ गरिएको छ। पक्रा पर्ने व्यक्तिहरूबाट बांग्लादेश सरकारको टिकट, कोभिड टिकाकरण दस्तावेज र केही बांग्लादेशी मुद्रा जफत गरिएको छ।

पुलिसले आइतवार भने, गुप्ता सूचनाको आधारमा धलाई जिल्लाको गंडाचेरा थाना पुलिसले मास कुंभिरपाराबाट 11 बांग्लादेशी नागरिकलाई पक्राउ गरियो। उनीहरू सबै तीन सालअघि कामको खोजीमा पश्चिम बंगालको हकीमपुर भारत-बांग्लादेश सीमाबाट भारत प्रवेश गरेका थिए। त्यसपछि उनीहरू कामको खोजीमा बेङलुरु गए। वर्षौंसम्म बेङलुरुमा बसेपछि उनीहरू बांग्लादेश फर्किनका लागि 30 अप्रेलमा बेङलुरुबाट ट्रेनमा पश्चिम बंगालको हावडा स्टेशन पुगे। 2 मईमा उनीहरू ट्रेनबाट सियालदह एक्सप्रेसमा त्रिपुराको निम्ति निक्लिए।

शुक्रवार अंबासा रेलवे स्टेशनमा ओर्लिएपछि उनीहरू दलालको मद्दतद्वारा दुईवटा अटोमा अबेर राति गंडाछारा पुगे। उनीहरूले गंडाछाराको मास कुंभीरपारामा एउटा घरमा रात बिताए। शनिवार उनीहरूले गंडाछाराबाट भारत बांग्लादेश सीमा पार गरेर बांग्लादेश जाने योजना बनाएको थियो, तर यस क्रममा उनीहरू पक्रा परे।

पुलिस अनुसार, पक्रा पर्ने बांग्लादेशी नागरिकहरूको नाम मामून सरदार (29), रूमा बेगम (25), अफसाना अख्तर (22), एमडी राजीब हल्दर (20), महाराज शेख (25), चान मिया (36), फैजल एकन (18) तथा फिरदौस शेख (30) बताइएको छ। उनीहरूसॅंग तीनजना नानी पनि सामेल छन्।

यसरी नै एक अन्य अभियानमा धलाई पुलिस र रेलवे पुलिसले अंबासा रेलवे स्टेशनबाट दुई नानीसहित पॉंच बांग्लादेशी नागरिकलाई पक्राउ गरेको छ। उनीहरू बांग्लादेशको बरिशाल जिल्लाबाट आएर कामको खोजीमा पश्चिम बंगाल गइरहेका थिए।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande