दुई गुटको विवादमा बचाउन गएका युवकको चक्कुले हत्या
दुई गुटको विवादमा बचाउन गएका युवकको चक्कुले हत्या


जौनपुर, 05 मई (हि.स.)। सरपतहाँ थाना क्षेत्रको पूरा सम्भलशाह गाउँमा गए शनिवार राती वीरेन्द्र गौतमको घरमा निमन्त्रण अवधि आएका राजकुमार गौतम नामक व्यक्तिले अकारण युवक सन्दीप गौतमसित विवाद गर्न थाले। विवादलाई देखेर नजिकै बसेका शिवानन्द गौतमले विवादलाई शान्त बनाउने प्रयास गरे। तर विवाद शान्त हुनको सट्टा यसावधि राजकुमार गौतमको हातमा रहेको चक्कु शिवानन्दको जांघमा लाग्यो। गम्भीर रूपमा घाइते अवस्थामा शिवानन्दलाई राजकीय पुरूष चिकित्सालय शाहगंजमा लगियो, तर चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए। यस मामिलामा पुलिसले मुद्दा दर्ता गरी घटनास्थलबाट राजकुमार गौतमलाई पक्राउ गरेको छ।

यस मामिलामा आइतवार जानकारी गराउँदै क्षेत्राधिकारी शाहगंज अजित सिंह चौहानले बताए, अबेर राती वीरेन्द्र गौतमको घरमा निमन्त्रण अवधि जँड़्याहा युवक राजकुमार गौतम आएर अनावश्यक रूपमा सन्दीप गौतम नामक युवकसित विवाद गर्न लाग्यो। नजिकै रहेका शिवानन्द गौतमले बीचमा पसेर बचाउने प्रयास गर्दा शिवानन्दको जांघमा चक्कुके लाग्यो। हतार-हातर उसलाई हस्पिटलमा पुऱ्याइयो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। यस मामिलामा मुद्दा दर्ता गरी राजकुमारलाई पक्राउ गरिएको छ। पुलिसले शवलाई पोस्टमर्टम गर्न पठाएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande