उत्तम राईद्वारा रम्बी अस्पताललाई दुईवाट वासिङमेसिन प्रदान
उत्तम राईद्वारा रम्बी अस्पताललाई दुईवाट वासिङमेसिन प्रदान


खरसाङ, 05 मई (हि.स.)। कालेबुङ खण्ड एक पञ्चायत समिति उप सभापति अनि भागोप्रमो मङ्पु लाब्दा समष्टिका उपाध्यक्ष लोहापुल निवासी उत्तम राईले आफ्नो राजनीतिक क्रियाकलापसंगै सामाजिक कार्य पनि गर्दै आइरहेका छन्। उनले कोरोनाकालदेखि लिएर टिस्टा बाढ पीडितसम्मका लागि धेरै सेवा पुऱ्याउॅंदै आइरहेका छन्।

यसै क्रममा उनले हालैमा रम्बी खण्ड विभाग स्वास्थ्य केन्द्रमा बिरामी अनि अस्पताल कर्मचारीलाई प्रयोग गर्नको निम्ति दुईवाट वासिङ मेसिन प्रदान गरेका छन्। यसरी अस्पतालको उपयोगको निम्ति वासिङ मेसिन प्रदान गरेकोमा राईलाई अस्पताल पक्षले आभार व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande