बीएसएफको कब्जामा बंगलादेशी तस्कर
बीएसएफको कब्जामा बंगलादेशी तस्कर


उत्तर दिनाजपुर, 05 मई (हि.स.)। जिल्लाको भारत-बंगलादेश सीमामा तैनाथ उत्तर बंगाल फ्रण्टियरको किशनगंज सेक्टर अन्तर्गत सीमा सुरक्षा बल (बीएसएफ)- को 152औं बटालियनको बोर्डर आउट पोस्ट (बीओपी) बाराबिलाका सीमा जवानहरूले एक बंगलादेशी तस्करलाई समातेका छन्। पक्रा पर्ने बंगलादेशी नागरिकको नाम मोहम्मद हारून (28) हो। बीएसएफले आइतवार प्रेस विज्ञप्ती जारी गरी उक्त आशयको जानकारी गरायो।

विज्ञप्ति अनुसार बीएसएफका जवानहरूले सीमावर्ती क्षेत्रमा एउटा मोटर साइकलमा दुईजनालाई संदिग्ध अवस्थामा घुमिरहेको देखे। जवानहरूले उनीहरूलाई रोक्ने चेताउनी दिए, तर उनीहरू भैरोस्थान गाउँ तर्फ भाग्न थाले। त्यसपछि बीएसएफको एम्बुश पार्टीले पछ्याउँदै गएर एकजना बंगलादेशी नागरिकलाई कब्जामा लिन सफल भयो। जाँच गर्दा उसको कब्जाबाट 28 प्रतिबन्धित कफ सिरप जफत भेटियो।

समातिएका बंगलादेशी नागरिकले खुलासा गऱ्यो, 12 वर्षअघि उ दलालको सहयोगमा बंगलादेशदेखि भारतमा आएको थियो। उ अवैध रूपमा भारतका विभिन्न स्थानहरूमा बस्दै आइरहेको थियो भने पानीपतमा श्रमिकको रूपमा काम पनि गऱ्यो। भारतमा रहँदा-बस्दा उसले भारतीय युवतीसित विवाह पनि गऱ्यो। त्यसपछिदेखि उसले कुरियरको रूपमा भारतदेखि बंगलादेशसम्म प्रतिबन्धित कफ सिरपको तस्करी गर्दै आइरहेको थियो। तस्कर सहित जफत गरिएको कफ सिरपलाई बीएसएफले ग्लालपुकुर थानामा सुम्पिदिएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande