नर्समाथि दुर्व्यवहार घटनाको न्यायिक जाँचको माग गर्दै अजय एडवर्ड्सद्वारा मुख्यमन्त्रीलाई पत्राचार
नर्समाथि दुर्व्यवहार घटनाको न्यायिक जाँचको माग गर्दै अजय एडवर्ड्सद्वारा मुख्यमन्त्रीलाई पत्राचार


दार्जीलिङ, 06 मई (हि.स.)। पहाडको महिला नर्समाथि दुर्व्यवहार घटनाको न्यायिक जाँचको माग गर्दै हाम्रो पार्टीको केन्द्रिय अध्यक्ष अजय एडवर्डले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेका छन्। गत दिन कुचबिहारको महाराज जितेन्द्र नारायण मेडिकल कलेज एवं अस्पतालमा कार्यरत् पहाड़की एक नर्समाथि अस्पतालको एकजना डाक्टरले दुर्व्यवहार गरेको घटना सामाजिक सञ्जालहरूमा निकै चर्चाको विषय बन्न पुगेको छ।

उक्त घटनालाई लिएर हाम्रो पार्टी अध्यक्ष एवं निर्वाचित सभासद अजय एडवर्ड्सले आज राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेका छन्। उनले आफ्नो पत्रमा आफु एक निर्वाचित सभासद भएको नातामा जीटीए क्षेत्रकी एक महिला नर्समाथि अस्पतालको डाक्टरले अभद्र एवं दुर्व्यहार गरेको घटना सुनेर चुप बस्न नसकेको बताएका छन्। उनले कुचविहार महाराजा मेडिकल कलेज एवं अस्पतालमा कार्यरत एक नर्समाथि अस्पतालको डाक्टरले दुर्व्यवहार गरेको घटना यस समय समाजिक सञ्जालहरूमा धेरै भाइरल भइरहेको अवगत गराएका छन्।

उनले लेखेका छन्, तपाईले आफ्नो पक्षबाट उच्च न्यायलयको अवकाश प्राप्त न्यायाधीशको अध्यक्षतामा एक स्वतन्त्र समिति गठन गरेर घटनाको निष्पक्ष जाँच गरेर पीडित महिलालाई न्याय दिन अनुरोध गर्दछु।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande