भाजपा उम्मेदवार अभिजीत गांगुली विरूद्ध एफआईआर दर्ता
भाजपा उम्मेदवार अभिजीत गांगुली विरूद्ध एफआईआर दर्ता


कोलकाता, 06 मई (हि.स.)। कोलकाता उच्च न्यायालयका पूर्व न्यायाधीश एवं पूर्व मेदिनीपुर जिल्लाको तमलुकबाट भाजपा उम्मेदवार अभिजीत गांगुलीको नाममा तमलुक थानामा एफआईआर दर्ता गरिएको छ। मैदुल इस्लामले पश्चिम बंगाल तृणमूल प्राइमरी टीचर्स एसोसिएशनको तर्फबाट शिकायत दर्ता गरेका छन्।

राज्य प्राथमिक शिक्षक संघका अध्यक्ष मैदुल इस्लामले उनीहरूको शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रमलाई बिगार्नको निम्ति भाजपाका मानिसहरूले हमला गरेको आरोप लगाएका छन्। आइतवार राति दर्ता गरिएको एफआईआरमा उक्त हमला भाजपा उम्मेदवार अभिजीत गांगुली र शुभेन्दु अधिकारीको इशारामा गरिएको आरोप लगाएको छ।

मामिलामा अभिजीत गांगुलीको नाममा एफआईआर दर्ता गरिएको छ। यस विषयमाथि प्रतिक्रिया व्यक्त गर्दै भाजपा उम्मेदवार एवं पूर्व जज गांगुलीले भने, शिकायत गरिएको छ। यस्ता धेरै झूटा मामिला हुन्छन्। जसले यो काम गरिरहेका छन् उनीहरूले कहिलेसम्म यसलाई बचाएर राख्न सक्छन् म हेर्ने छु।

तमलुकका तृणमूल उम्मेदवार देवांशु भट्टाचार्यले भने, शुभेन्दु अधिकारीको नेतृत्वमा जुन जुलूस निकालिएको थियो, त्यसमा उम्मेदवार अभिजीत गंगोपाध्याय पनि थिए। त्यही जुलूसबाट केही मानिसहरू निक्लिए अनि कुर्सी र टेबल तोडफोड गरे। ढुङ्गा हिर्काए। हाम्रा शिक्षकहरूलाई घाइते बनाए। भाजपा उम्मेदवारले जुलूसको नेतृत्व गरिरहेका थिए। उनले यसको जिम्मेवारी लिनुपर्छ। यो सबै उनकै इशारामा भएको हो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande